मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?(भिडियो सहित)
हाँस्नु र खुसी हुनुमा फरक छ । तर, ती दुबै धुर्मुस–सुन्तलीले दिएका छन्। साधुवाद, भाइ–बैना तिमीहरूलाई! भाइबैना भनेँ, धुर्मुस–सुन्तली (सीताराम कट्टेल–कुञ्जना घिमिरे)लाई। प्रेम र स्नेहले भनेँ। श्रद्धा र ममताले भनेँ। टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्। अहिले त्यो दुःखी मुसहर बस्तीको माटोमा खुसी र मुस्कानका फूल फूलेका छन् । दशदेश दूर बसेर पनि म देखिरहेको छु, ती खुसीका फूलका थुँगा र रङ्। मुसहर बस्तीमा फुलेका ती फूलका महक। जुन महक यहाँसम्म आइपुगेको छ, जहाँ म बसेको छु । कस्तो हुँदो हो, किनारामा परेर छट्पटिएको माछो? यस्तै भएका थिए गिरानचौरका ती हामीजस्तै मान्छे। गरिबीमाथि दैवी प्रहार! सधै ढल्लाढल्ला जस्तो त थियो नै, तै पनि टाउको लुकाउने छाप्रो त थियो। त्यो पनि ढालिदियो, पापी भूइँचालोले। छटपटिए खुला आकासमुनी । किनाराको माछोजस्तो भए धेरै दिन । कतिले पेटीकोटको छेको लगाएर गुजारा गरे । कतिसँग त्यो पनि थिएन। साहस गरे धुर्मुस–सुन्तलीले। त्यो साहसमा साथ थपियो, देश–विदेशका नेपालीका पसिनाको कमाइको । ६ महिनामा गिरानचौरमा खुसी र मुस्कानका फूल फुले । ती फूल सधैं मग्मगाइरहुन्। अरु फुल्दै जाऊन्। यो जोडी कसरी कसरी त्यहाँ पुग्यो? त्यो कथा बेग्लै होला तर त्यो मुसहर बस्तीमा यो जोडीले लेख्न थालेको नयाँ कथाले मेरो मन झन् छोयो, जसरी अरु कतिको छोएको छ। र, कतिको छोएको रहेछ भन्ने कुरा बोस्टनमा देखियो। हप्ता दिन अघि हामी बोस्टनमा जम्मा भयौं। धुर्मुस–सुन्तली अभियानका लागि १३ लाख ८८ हजार एक सय रूपैया जम्मा भएछ । सहभागी मित्रहरूले गजबको हार्दिकता देखाउनुभो । सुकर्म गर्नेलाई सहयोग गर्न अमेरिका बसेका नेपाली सधैं तयार छन् भन्ने सन्देश मित्रहरुले पुनः दिनुभो । रेस्टुरेण्ट व्यवसायी मित्र राम धितालले सबैलाई खुवाए, खुसी भए, पियाए पनि। करिब एक सय २५ थियौं। वास्तवामा उनको सहयोग सबैभन्दा ठूलो रह्यो। छिमेकी राज्य कनेटिकटका मित्रहरुले देखाएको सद्भावका लागि दुई शब्द पनि उल्लेल नगरे अन्याय हुन्छ । सबैलाई साधुवाद! हुन त कतिले बचनको मनितो पनि गर्नु भएन वा जान्नु भएन, कि भ्याउनु भएन, जो होस् उहाँहरुलाई पनि साधुवाद! दुःखका रंगमा डुबाउने हजारौं हुन्छन् तर जीवनमा खुसीको रंग पोत्ने हजारौंमा एक हुन्छन् । धरतीमा पोतिएका सयौं रंगहरु मध्ये फरक छ खुसीको रंग । फरक छ जीवनमा छाउने मुस्कानको रंग । सजिलो छैन, मान्छेको जीवनमा मान्छेले खुसी र मुस्कानको रंग पोत्न । तर मनसा, वाचा, कर्मणा आफूलाई अपर्णा गरे सकिन्छ भन्ने धुर्मुस–सुन्तलीले देखाए । त्यो रंग, सधैं अभाव, गरिवी र उत्पीडिनले डामिएका वर्दिवासका मुसहरहरुका अनुहारमा पोतियो । सधैं अध्याँरोमा डुबेको मुसहर वस्तीमा उज्याला अनुहार देख्दा कुन सहयोगीको मनमा पोतिदैन होला, त्यो खुसी र उत्साह उज्यालोको रङ् ? जीवनमा सायदै पाइने बोनस हो, भित्री खुसी र मुस्कान । त्यो उनीहरुले दिए। सबैलाई दिन सकेनन् होला तर सामर्थ्यले भ्याएसम्म दिए। त्यो सामथ्र्यलाई धेरैले साथ दिए । विशेषतः विदेश बस्ने नेपालीले । एउटा परम सत्य के हो भने, धुर्मस–सुन्तली जोडीको कामले मात्र देश बन्दैन। देश सरकारले बनाउनुपर्छ । जनताको कर र तिरो सरकारले उठाउँछ । तर, सरकार? समय बदलियो । अवस्थ बदलियो । व्यवस्था बदलियो । नेपाल बदलियो । नेपाल बदलियो तर झन् खराब भयो । नेता बदलिए तर झन् झन् खराब भए नेता। दोषी व्यवस्था होइन, दोषी नेता हुन् । नेताभन्दा बढी दोषी हामी हौं । हाम्रो मानसिक मानसिकता हो, अवस्था हो । अब न व्यवस्था परिवर्तको सम्भावना छ, न सुधारको छाँट देखिन्छ । सुधार नै चाहने हो भने छोडौं खराउपूजा गर्न । त्यागौं ती गन्धे नेतालाई । हैन भने विदेश बसेर देश विग्रियो भन्ने अधिकार हामीलाई छ कि छैन सोचौं ? कमसेकम हामी विदेश बस्नेले नेपालका भ्रष्ट नेताको खराउपूजा गर्न छोडौं । वहिस्कार गरौं, दुरुत्सहित गरौं, हतोत्साहित गरौं र त्यागौं तिनलाई । तिनलाई पनि लागोस्, म किन वहिस्कृत भएँ ? र, सुध्रने मौका दिउँ । अहिले नेतालाई म उपमा के दिऊँ– गोबरको मूर्तीमा सुनको लेपन ! उत्साहित गरौं, इमान्दार र असललाई । जो समाज र राष्ट्रप्रति इमान्दार छन् । सबैले गरौं । सधैं गरौं, यदि सुधार चाहन्छौं भने । कतिका नजरमा लाग्दो हो, धुर्मस–सुन्तलीले केही गरेका छैनन् । तर, एउटा जिउँदो सत्य के पनि हो भने किनारामा फालिएर छट्पटाएका माछालाई बोटलमा राखेर भए पनि बचाउँन त सकिदो रहेछ । यही कुरा देखाएका छन्, यो जोडीले । केही नभएर निरासामा देश डुबीरहेको अवस्थामा केही त गरेका छन् । केही नभएको अवस्थामा केही त भएको छ । आशाको दीयो बालेका छन् । केही गर्नेलाई हामीले पनि केही सहयोग किन नगर्ने ? अर्को लज्जाजनक सत्य के पनि हो भने, यो जोडीले दुई बस्ती बसाउँदा सरकारले भुइँचाला पिडीतका लागि एउटा छाप्रो समेत बयस्तो बन्यो मुसहर बस्तीनाएको छैन । समष्टिमा सरकारले गर्ने काम धुर्मुस–सुन्तली ले गरिरहेका छन् । यीनले गरेको कामले सरकार र नेतालाई योभन्दा बढी कुरीकुरी अर्को के गर्छ? तर, लुगा लगाएपछि लाज छोपिन्छ भन्नेसँग के लाग्छ ? हैन, सरकार ! लुगाले लाज छोपे पनि अनुहार नांगै हुन्छ भन्ने नबुझ्ने सामान्याज्ञान नभएका सँग के लाग्छ ? हैन, नेताजीहरु ! प्रिय भाई–बैना धुर्मुस–सुन्तली, गिरचौरमा एउटा कुरा गल्ती भए जस्तो लाग्यो । मलाईमात्र हैन, धेरैलाई लाग्यो। यो नदोरियोस् । पचास घर बनाउनु भयो तर साँचो राष्ट्रपतिलाई सुम्पनु भयो । राष्ट्रपतिले हेलिक्याप्टरमा उडेर पचासलाख खर्च गरिन् तर पाँच रुपिया सहयोग दिइन्? त्यसमाथि त्यो पचास लाख त्यही थप्न सकिन्थ्यो । नभए अरु कुनै यस्तै निर्माणमा लागाउन सकिन्थ्यो । तर खै ? किन बोलायौ राष्ट्रपति? प्रचारका लागि ? आज जनताले जनताको घर बनाउनु परेको छ । कति तिक्त छ, सत्य ? देश–विदेशका नेपालीका जनजनका मनमनमा बसेका छौ, सहयोग पाएका छौ। मनमुठी खोलेर नेपालीले सहयोग गरे । किन चाहियो प्रचार ? आत्मरतिपूर्ण प्रचार आफैंमा आत्मघाती हुन्छ । मेरो अनुरोध, नेताभन्दा पनि त्यही मुसहर टोलकी एउटी मुसहरी आमालाई वस्तीको साँचो दियौ भयो भने सहयोगीप्रति साँचो सम्मान हुनेछ । राष्ट्रको ढुकुटीबाट फाल्टु खर्च हुने छैन । म मात्र हैन, देश–विदेशका सम्पूर्ण सहयोगीको चाहना यही हुन सक्छ । हैन र फेरि पनि गन्धेनेता बोलायौ भने मेरो मनको फुलबारीमा फुलेको एउटा फूलको बोट उखेलिन सक्छ । मजस्ता लाखौंको मनबाट त्यो फूलको बोट उखेलिन सक्छ । भाइबैना ठानेर भनेँ । मन जितेर भनेँ । सहयोगीको भावनाको सम्मान र सहयोगको मनितो गरिदिन्छौ भन्ने विश्वास छ, टुटाउने छैनौं । यस्ता कुरा परमपरोपकारी सत्यग्रही डा. गोविन्द केसीबाट पनि सिक्न सकिन्छ । अन्यथा नलिनु है.... । फेरि पनि नेता बोलाएर साँचो सुम्पिए ती सहयोगीको मन दुख्छ । सहयोगको अपमान हुन्छ । मेरो र मजस्ताको मेहनत, पसिना र इमान्दारिताको कमाईले ठड्याएको मुसहर वस्तीमा देशका घैमलको फोहोरी पाउँ नपरोस्, है भाइबैना।
पूर्ण विवरण तलको लिंक्मा क्लिक गरि भिडियोमा हेर्नुहोस
<< यस्तो बन्यो मुसहर बस्ती>>
स्रोत :सेतो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
0 comments
Write Down Your Responses