जनताकाे कामै नगर्ने स्वास्थ्यका कर्मचारीहरूलार्इ तुरून्त पक्राउउ गरेर खाेरमा जाक्ने

पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ । नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम थियो ।
७ र ८ फागुनमै पोलियो थोपा खुवाउने भनिएको थियो । तर, कर्मचारीले स्वास्थ्य संस्थामा तालाबन्दी तथा औषधि ढुवानीमा अवरोध गरेपछि दुईपटक मिति सारिएको थियो । स्वास्थ्य मन्त्रालयले ७ र ८, १३ र १४ र २१ र २२ फागुनमा पोलियो थोपा खुवाउने तयारी गरेको थियो । स्वास्थ्यमन्त्री गगन थापाले पोलियो खोप अभियानमा अवरोध पु¥याउने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।
तैपनि अवरोध गरेर बालबालिकाको स्वास्थ्य र जीवनमाथि खेलबाड गरेको भन्दै स्वास्थ्य मन्त्रालयले अवरोध गर्ने कर्मचारीलाई निलम्बन गरेको हो । स्वास्थ्य मन्त्रालयले मनपरी भएको भन्दै बर्खास्तसमेत गर्ने गरी कर्मचारीहरूको सूची बनाउन थालेको स्वास्थ्यमन्त्री गगन थापाले बताए ।
मन्त्रालयले आचारसंहिताविपरीत गतिविधि गर्ने कर्मचारीलाई कारबाही गर्र्न निर्वाचन आयोगसँग परामर्शसमेत लिएको छ । निलम्बनमा परेका कर्मचारीलाई विभागीय सजाय गर्नु नपर्ने कारण भए तीन दिनभित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयले आइतबार सूचनासमेत जारी गरेको छ ।स्वास्थ्य सेवा ऐन २०५३ को दफा (८.३) र निजामती सेवा ऐन २०४९ को दफा ६४ (३) अनुसार १८ कर्मचारी निलम्बनमा परेका हुन् ।
अवरोध गर्ने कर्मचारीलाई बर्खास्तको तयारी
कर्मचारी बर्खास्त गर्ने विषयमा लोकसेवा आयोगसँग पनि परामर्श लिइने मन्त्रालयले जनाएको छ । सरकारी अभियानमा अवरोध गर्ने र राज्यमाथि नै चुनौती दिने हिसाबले विभिन्न गतिविधि गरिरहेको प्रमाणका आधारमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्न लोकसेवासँग परामर्श लिन लागिएको स्रोतले बतायो ।
स्वास्थ्य सेवा ऐनको दफा ७४ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने विषय उल्लेख छ । कर्मचारीले लापरबाही वा बदनियतले काम गरेमा, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न सकिने प्रावधान छ । कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा, राजनीतिमा भाग लिएमा पनि सरकारले चाहेमा बर्खास्त गर्न सक्ने व्यवस्था ऐनमा छ ।
सप्तरीका जनस्वास्थ्य प्रमुख सम्पर्कविहीन
सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नागेन्द्र चौधरी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोलियो थोपा खुवाउने अभियान सञ्चालन गर्न १५ जिल्लाका जनस्वास्थ्य प्रमुखलाई मन्त्रालयले परिपत्र जारी गरेपछि चौधरी कुनै निकायलाई जानकारी नदिई सम्पर्कविहीन बनेका हुन् । सप्तरीमा खोप सञ्चालन अवस्थाबारे चौधरीलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि अपहरणको आशंकामा मन्त्रालयले प्रहरीलाई खोजी गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।
दाताका गाडीबाट औषधि ढुवानी
कर्मचारीले असहयोग गरेपछि पोलियो खोप अभियान सफल बनाउन दाताहरूको सवारीसाधन प्रयोग गरिएको बालस्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेले बताए । उनले भने, ‘जति समय लागे पनि लक्षित बालबालिकालाई पोलियो थोपा खुवाउँछौँ । यसका लागि तर्राइका जिल्लामा औषधि पु¥याउन दाताका गाडी परिचालन भएका छन् ।’ तराईका जिल्लामा विश्व स्वास्थ्य संगठन र बालस्वास्थ्य महाशाखाका निर्देशक चढ्ने गाडी पोलियो थोपाको औषधि ढुवानीमा प्रयोग भएको छ ।
डा. लामिछाने सुनसरीबाट औषधि बोकेर बारा र धनुषा गएका छन् । संखुवासभालाई पोलियोमुक्त जिल्ला घोषणा गर्न खाँदबारी पुगेका उनलाई कर्मचारीले अवरोध गरेका थिए । खोप अभियान सुनसरी, सिरहा, सप्तरी, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, बा“के, कपिलवस्तु, बर्दिया, कैलाली, काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
स्वास्थ्यका कर्मचारी किन आन्दोलित ?
स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरिका स्वास्थ्यकर्मी गत १९ पुसदेखि आन्दोलित छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरेको स्वास्थ्यकर्मीको आरोप छ । चौथो तहमा प्रवेश गरेका अहेबहरू स्वतः बढुवा भई छैटौ“ तहमा पुगेका छन् । उनीहरूले स्वास्थ्य चौकीको इन्चार्ज आफै“ हुन पाउनुपर्ने माग राख्दै आएका छन् । जबकि, स्वास्थ्य चौकीमा उनीहरूभन्दा बढी शैक्षिक योग्यता भएका एचए इन्चार्ज हुने व्यवस्था छ । अहिले जिल्ला जनस्वास्थ्य कार्यालयमुनिका स्वास्थ्य संस्थामा पाँचौँ तहका कर्मचारी प्रमुख छन् । छैटौँ तहका कर्मचारीले आफूहरू कार्यालय प्रमुख बन्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
खोप सञ्चालन गर्न ट्रेड युनियनको अपिल
आन्दोलनरत कर्मचारीका ६ वटा ट्रेड युनियनले पोलियो थोपा खुवाउने अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीलाई अपिल गरेका छन् । मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने अभियान थालेलगत्तै ट्रेड युनियनले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी हुन विज्ञप्तिमार्फत आह्वान गरेको हो । ट्रेड युनियनकर्मीले पोलियो खोप अभियानका क्रममा प्रहरी परिचालन गरी व्यापक धरपकड गरेको विषयमा आपत्ति जनाएको छ ।
पक्राउ गर्न गृहको निर्देशन
स्वास्थ्यमन्त्री गगन थापाले अनावश्यक माग राखेर स्वास्थ्य कार्यालय तथा खोप भण्डारण कक्षमा कर्मचारीले लगाएको ताला फोर्न गृह मन्त्रालयलाई आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृहले पनि आन्दोलन गर्ने, ताला लगाउने र पोलियो खोप अभियान बिथोल्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । प्रहरीले केही जिल्लाका कार्यालयमा लगाएको ताला फोरेको छ । बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेले सप्तरी र पर्सामा पोलियो खोप अभियान सञ्चालन हुन नसकेको र बाँकी १३ जिल्लामा सुरु भएको जानकारी दिए । स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses