बाग्लुङ्गमा भीषण सुख्खा पहिरो, दरमखोला थुनियो

बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा एक्कासी गएको सुख्खा पहिरोले जनजीवन त्रसित बनाएको छ ।
पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुकासाथै दरम खोला थुनिएको छ । माथिबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाई भएको सुख्खा पहिरोले दरमखोला थुनेको थियो ।करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ । पानी बग्न शुरु गरेपछि भने स्थानीयहरुले केही मात्रामा भएपनि राहात महसुस गरेका छन् खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्याहाँबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्रह गरेको छ । प्रहरीचौकी खर्बाङ्गका प्रमुख प्रनानी भोजराज बानियाका अनुसार हिजो बाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेबाट भिषण पहिरो गएको थियो ।पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ ।पहिरोको कारण मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा ठप्प भएको छ । एक्कासी गएको पहिरोले सडक केही दिन सम्म सञ्चालनमा आउने सक्ने स्थिती नभएको प्रनानी बानियाको भनाइ रहेको छ । उनका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएको कारण ठुला उपकरणहरु आबश्यउक पर्ने र सडक खुल्न एक हप्ताजति लाग्न सक्ने छ ।सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन । यातायातको लागि वामीटक्सार–काँडेबास–हटिया सडक खण्डलाइ बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।त्यस क्षेत्रमा केही दिन यता निरन्तर डोजर प्रयोग गरी सडक स्तरोन्नतीको काम चलिरहेको थियो । जसले गर्दा जमिन कमजोर भइ पहिरो गएको अनुमान गरिएको छ ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<बाग्लुङ्गमा भीषण सुख्खा पहिरो, दरमखोला थुनियो>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses