बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी
पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् ।विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अन्तर्जातीय विवाह चलिरहँदा सहभागीहरू खुसी व्यक्त गरिरहेका थिए । माइती पक्षले ५० जना जन्तीलाई धुमधामसँग स्वागत गरेका थिए । दाइजो पूर्ण निषेधित थियो ।विवाहमा सहभागी पूर्वसभासद् राजकाजी गुरुङ कुरीतिविरुद्व ताराका अभिभावकले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै बेहुला–बेहुलीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिए । ‘अन्तर्जातीय जोडीहरू भागेर विवाह गर्न बाध्य हुन्थे, तर यहाँ त ज्वाइँको गोडा धोएर, जन्ती बोलाएर भोज खुवाएर विवाह भएको छ,’ उनले भने, ‘उदाहरणीय यो विवाहलाई समाजले सम्मान गर्दै अरूले समेत अनुसरण गरे मात्रै समाज परिवर्तन सम्भव छ ।’किरणका बुबा रामबहादुर परियार छोराको प्रेम सफल भएकोमा दंग थिए । ‘हाम्रो एउटै छोरा हो, उसले भागेर होइन मागेर गर्छु भन्दा हामीले पत्याएकै थिएनौँ,’ उनले भने, ‘तर, केटी पक्षकाले मायाप्रीतिमा जातभातको कुरा गरेर तगारो बन्नुहँुदैन भनेपछि विश्वास लाग्यो । आज धुमधामसँग विवाह भयो ।’
नौ वर्षको प्रेमसम्बन्ध विवाहमा परिणत
नौ वर्षदेखि प्रेमसम्बन्धमा रहेका तारा र किरण दुवै २७ वर्षका छन् । दुवैले आफ्नो प्रेमबारे आ–आफ्नो परिवारमा कुरा राखेपछि अभिभावकले सहर्ष स्वीकार गरेका थिए । समाज परिवर्तनका लागि आफैँले व्यवहारमा सुरुवात गर्नुपर्छ भनेर छोरीको अन्तर्जातीय विवाह गरिदिएको ताराकी आमा कृष्णकुमारीले बताइन् ।
हामीले हाम्री छोरीलाई राम्रो शिक्षा दिएका थियौँ, त्यसैले उनले जात होइन योग्य जोडी रोजिन्,’ उनले भनिन्, ‘समाजमा जातीय छुवाछूतले जरा गाडेको छ, हामीजस्तै अभिभावक मिलेर यसलाई हटाउनुपर्छ । मान्छे सबै एकै हो ।’ आजको नयाँ पत्रिकामा खबर छ ।स्रोत : रातो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses