पानी पिएर १० दिनमा ५ केजी तौल घट्न सक्छ,कसरि त (थाहा पाउनुहोस)
पानीको प्रयोग गरेर प्राकृतिक उपचार मार्फत तौल घटाउनका लागि नयाँ तरिका अपनाउन सकिन्छ । निश्चित मात्रामा पानी पिएर हामी आफ्नो तौल घटाउन सक्छौं ।ब्रिटेनको कल्याण विशेषज्ञ र फिटनेस कोच शाउना वाकरले पनि पानी चिकित्साको प्रयोगको अनुभव लिएकी छन् । उनले पानी चिकित्साको प्रयोग गरे मानिसले १० दिनमा ४ देखि ६ किलोसम्म तौल घटाउन सक्ने दावी गरिन् ।
कुनै मानिसको खाने पिउने समय र तरिकाले परिणाम केही तलमाथि भने हुन सक्ने उनले बताएकी छन् ।
हेरौं पानी चिकित्साबाट तौल कसरी घटाउन सकिन्छः
पानीको प्रयोगले रस प्रक्रियालाई सुधारेर तौल घटाउँछ
विशेषज्ञका अनुसार शरीरलाई प्रयाप्त मात्रामा पानी मिल्यो भने शरीरले आफ्नो सबै प्रक्रिया सरल तरिकाले गर्न सक्छ । बजर शरीरले सबै प्रक्रिया पूरा गर्न सक्छ तब रस प्रक्रिया (मेटावलिज्म) राम्रो हुन्छ । जसले शरीरको तौल घट्छ ।
धेरै पानी पिएमा क्यालोरी उत्पादन क्षमता बढ्छ । पानी पिएको १० मिनट भित्रै असर देखाउन सुरु गर्छ । यसको असर २४ देखि ३० प्रतिशतसम्म बढ्न सक्छ । यो तरिकाले जति पानी पिउन सक्यो क्यालोरी उत्पादन गर्ने क्षमता पनि त्यतिकै मात्रामा बढ्ने गर्छ ।
पानी पिउने तरिकाः
विहान उठ्ने वित्तिकै पानी पिउनुहोस्, जसले तौल घटाउन मदत मिल्नेछ । दिमागलाई पनि इनर्जी मिल्छ ।
नास्ता खानुभन्दा पहिले र पछि एक÷एक गिलास पानी पिउनुहोस् ।
चिया वा कफी पिएको १० देखि १५ मिनेटपछि एक गिलास पानी पिउनुहोस् । यसले शरीरमा रहेका एसिड कम गर्छ भने तौल पनि घट्छ ।
खाना खानुभन्दा पहिले एक गिलास पानी पिउनुहोस् । यसले खाना कम खाइन्छ भने तौल बढ्न दिँदैन ।
सुन्तुभन्दा आधा घण्टा पहिले पानी पिउनुहोस्, ताकि राती भोक नलागोस् ।
दिनमा एकै पटक धेरै पानी पिउनुभन्दा पटक पटक गरी ९ देखि १० पटकसम्म पानी पिउनुहोस् । जसले गर्दा शरीरमा पानी अभाव हुँदैन भने तौल घटाउनमा मदत मिल्ने छ ।
पानी पाइने फलफूल खानुहोस् । यसले पनि तौल घटाउन मदत गर्छ । जस्तै, सुन्तला, गाजर, केरा, स्याउ, अंगुर आदी ।स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses