प्रकाश र बिना मगरका कारण बालुवाटारमा रुवाबासी !

प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारवादमा चुर्लुम्म डुबेका कारण उनले नियुक्ति गरेका सल्लाहकारदेखि स्वकीय सचिवसम्म भूमिकाविहीन भएका छन् । प्रधानमन्त्री दाहालले छोरा साकार दाहाल(प्रकाश), बुहारी विना मगर, छोरी रेणु दाहाल र भाइ नारायण दाहालको कुरामात्र सुन्ने गरेकाले पनि अरु जागिर खाने भूमिकामा सीमित छन् ।प्रकाश दाहाल स्वकीय सचिव हुन् भने नारायण दाहाल प्रशासनिक सल्लाहकार हुन् । प्रधानमन्त्रीका हरेक कार्यक्रममा छोरा प्रकाशकै चुरीफुरी हुने गरेको छ । सरकारका नियुक्ति, सरुवा बढुवा र ठेक्कापट्टामा पनि छोराबुहारी, छोरी र भाइ दाहालले डिल गर्दैआएका छन् । प्रधानमन्त्री दाहालले नियुक्ति गरेका कुनै पनि सल्लाहकार वा प्रमुख स्वकीय सचिवको कुनै काम नै नहुने गरेकाले धेरै त आउनै छाडेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेव र माओवादी नेता बर्षमान पुनसँग कहिलेकाहीँ सल्लाह लिने बाहेक अरुको कुरा प्रधानमन्त्री दाहालले सुन्दै नसुन्ने र भेटसमेत नदिने गरेको गुनासो छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले वास्ता नगरेपछि धेरैलाई प्रकाश दाहालको सल्लाहकार हुुनुपर्ने बिडम्बना छ । सुशासन ऐनविपरीत जम्बो सचिवालय बनाएका प्रधानमन्त्री दाहालले हरेक बिषयका विज्ञ राखेका छन् ।प्रधानमन्त्री कार्यालयमा कुनै हैसियत र भूमिका नै नभएकाले प्रेस सल्लाहकार गोविन्द आचार्य लामो समयदेखि कार्यालय जानै छाडेका छन् । उनी प्रेस चौतारी र प्रेस सेन्टरको गठजोडमा पत्रकार महासंघको केन्द्रीय अध्यक्षको उम्मेदवार हुनका लागि महासंघका जिल्ला अधिवेशनमा ब्यस्त हुन थालेका छन् । प्रधानमन्त्री दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, स्वकीय सचिव रमेश मल्ल, जनसम्पर्क सल्लाहकार रामदीप आचार्य समेत भूमिकाविहीन जस्तै छन् । स्रँेतका अनुसार प्रधानमन्त्री दाहालले भाइ र छोराबाहेक अरु वास्ता नै गर्दैनन् । पछिल्लो समयमा महरासहितका सचिवालयका धेरै जना बालुवाटारमा देखिन छाडेका छन् । बालुवाटारमा प्रकाश र बिनाको गतिविधिका कारण उनीहरु सबै हैरान भएको स्रोत बताउँछ । उनीहरुकै कारण सचिवालयमै विवाद बढ्दै गएको छ भने प्रचण्डप्रति नेताहरु आक्रोशित हुँदै गएका छन् ।प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रकाश र बिनाको गतिविधिले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् । प्रकाशका दम्पत्तिको व्यवहारले प्रधानमन्त्रीको सचिवालयकै कर्मचारीहरु आजित भएका हुन् । प्रचण्डलाई अरुको च्यानलबाट भेट्न निकै गाह्रो हुने गरेको छ । कर्मचारी तथा प्रहरीको सरुवा, विभिन्न ठेक्कापट्टामा प्रकाशको विशेष चासो हुने गरेको छ । सेटिङ मिलाएर भेट्न खोज्ने व्यक्तिहरुले प्रकाश र बिनामार्फत् सजिलै प्रचण्डलाई भेट्न पाउने गरेका छन् भने पार्टीका नेता कार्यकर्ताले प्रचण्डलाई भेट्न पाउँदैनन् । दृष्टि साप्ताहिकमा खबर छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses