जन्मदा छोरा भएर जन्मेका प्रतिक पन्त १९ वर्षपछि लिंग परिवर्तन गरेर छोरी बने

सन्तोष पन्तका कान्छा छोरा लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् । चर्चित हाँस्य कलाकार सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्तले आफ्नै रहरले आफुलाई ‘किशोरी’मा रुपान्तर गरेको सायद यो नेपालकै पहिलो घटना हुनुपर्छ ।उनी अहिले लगभग १९ बर्षका भएका छन् । झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् ।पहिले केटीको जस्तो हाउभाउमात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न लागेको आजको जनआह्वान साप्ताहिकले छापेको छ । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ । छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा नायिका करिश्मा मानन्धरले जस्तै उनले पनि ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र अहिलेका तस्वीरसमेत फेला परेका छन् ।हेर्दामात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थीति पनि अब धेरै रहने छैन् । किनभने अहिले उनी पुरुष अंगको सट्टा महिला अंग प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् । पारिवारिक स्रोतका अनुसार पहिलोपटक वैंकक जाँदा केटाको पासपोर्टमा केटी जान लागेको भन्दै काठमाण्डौंस्थित थाई दूतावासले भिषा दिन अस्वीकार गरेको थियो । दोस्रोपटकको प्रयासमा भिषा पाएर अहिले वैंकक रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् ।बिश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले पनि आफुलाई पुरुष भन्दा महिला हुनुनै उचित ठानेर होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् ।स्रोत : अमेरिका नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses