“मेरो विन्ती! एकपटक छोरी निशाको मुख हेर्न पाऊँ” बेहोश कल्पना बर्बराउदै
निशा बेहोस भएको खबर आफन्तहरु सबैले पाइसकेका थिए । उनका केही आफन्त र चिनजानका उनलाई सान्त्वना दिन आइसकेका थिए । केही बेरमा फेरि अमेरिकाबाट फोन आयो । त्यो फोन इष्ट सेन्ट्रल युनिभर्सिटीको थियो, जहाँ निशाले नर्सिङ पढ्दै थिइन् । फोनमा कुरा गर्दा नगर्दै कल्पना बेहोश भइन् ।२० बर्षिय निशाको निधनको खबरपछि अर्धचेत अवस्थामा छिन् । काठमाण्डौ खुसिबुस्थित दिदीको कोठामा राखिएकी उनी अलापविलाप गरिरहेकी छिन् । बुधबारदेखि उनको मुखमा पानीसमेत परेको छैन । उनी एकोहोरो बरबराइरन्छिन्, –‘मेरो संसारलाई भगवान्ले डढेलो लगाइदियाैँ, एक्ली छोरी लगेर किन निष्ठूरी भयौँ ।’कल्पनालाई अन्तिम पटक छोरीको मुख हेर्ने धोको छ । उनी आफन्त र चिनेजानेकासँग एउटै आग्रह गरिहेकी छिन, ‘निशाको मुख देखाइदेऊ, मलाई अरु केही चाहिदैन ।’कल्पनालाई भेट्न जाने जो कोहीको आँखा रसाउन थाल्छ । कल्पनालाई सम्झाउँनु कसरी ? एकमात्र सन्तान गुमाउँदा एकल महिलाको पीडा शब्दमा व्यक्त गर्न सकिने खालको छैन । आउने धेरैजसो मौन रहन्छन् । ‘हामी निशब्द छौँ । छोरीको मुख हेर्ने धोकोसम्म पूरा गरिदिन सके हुन्थ्यो । सरकार, संघसंस्था र हामी सबै लागे यो सम्भव भइहाल्छ ।’ खुसिबुमा भेटिएका ऋषी प्रसाद नेपाल भन्छन् ।
एकल महिलाकी एक्ली सन्तान निशा
कल्पनाले निशालाई बडो दुःखले हुर्काएकी थिइन् । निशा २ महिनाकी हुँदा कल्पनाले श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि कल्पना धादिङमा बस्न सकिनन् । समाज र परिवारबाट अवहेलना पाएकाले उनी काठमाडाैँ आएको उनका नजिकका आफन्तहरु बताउछन् ।एकल महिला काठमाडाैँको ठाउँमा जीवन धान्न गाह्रो थियो । कल्पनाले छोरी पढाउनको लागि रात–विरात नभनि काम गरिन् । धेरै संर्घष गरिन् । जति नै गर्दा पनि छोरी पढाउने खर्च जोहो गर्न कल्पनालाई धौ–धौ परिरह्यो ।धादिङकै ज्योती अधिकारीको ट्रेकिङ कम्पनीमा कल्पनाका श्रीमान् टुरिस्ट गाइडका रुपमा जागिरे थिए । ज्योतीकै सक्रियतामा निशालाई पढाउन कोष खडा भयो । कल्पनाले पनि ठमेलको एउटा राम्रो रेस्टुरेन्टमा सहयोगीको जागिर पाइन् । जसो तसो कल्पनाले व्यवहार धान्दै गइन्, निशाले पनि राम्रो पढ्न थालिन् ।निशाले ईन्टर स्कुलबाट एसएलसी सकिन् । प्लस टु उनले रेडियन्ट कलेजबाट पास गरिन् । ट्रेकिङ व्यावसायी ज्योती अधिकारीका अनुसार निशा पढ्नमा अत्यन्तै जेहन्दार थिइन् । उनी स्कुल टप हुन्थिन् ।अधिकारीको अनुसार निशाको बुवाको मृत्यु छारे रोगको कारण हर्टएट्याक भएर भएको थियो । निशालाई नेपाल छँदै छारे रोगको लक्षण देखिएको थियो । अमेरिकामा रहदा पनि निशाले उपचार गराइरहेकी थिइन् । उपचारकै लागि उनले १ लाख रुपैयाँ केही महिना पहिले ऋण काँढेको अधिकारीको भनाइ छ ।निशा अमेरिका गएको ११ महिना मात्र भएको थियो । अमेरिकाको भिसा लागे पनि कल्पनासँग निशालाई अमेरिका पठाउने पैसा थिएन । छोरीले पढेर तिर्छे भन्दै उनले आफन्त र चिनजानकासँग १५÷२० लाख ऋण काँढेकी थिइन् । उनको परिवारको सहयोगार्थ थालिएको गो फण्ड निशा भन्ने यो लिंकमा गएर सहयोग गर्न सक्नुहुने छ ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस यस्तरी भकारिदै रुन्छिन यी आमा
<<अमेरिकामा निधन भएकी निशााको आमाको बिलौना>>
स्रोत : अमेरिका नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses