किन दिनहुँ मसानघाट धाउँछिन् यी युवती : यस्तो छ कारण !

मसानघाटका कुरा गर्नेबित्तिकै धेरैको मन डरले काँप्छ । धेरै मानिस मसानघाटको नजिक जान पनि डराउँछन् । तर यो दुनियाँमा एक यस्ती युवती छिन्, जसले मसानघाटलाई नै आफ्नो पेसा बनाएकी छिन् । यस्तो डरलाग्दो स्वभाव भएकी युवती हाम्रै छिमेकी देश भारतमा छिन् । भारतको हैदरावादकी श्रुती रेड्डी नामकी युवती दिनहुँ मसानघाटमा पुग्छिन् । मसानघाट धाउनु उनको रुची मात्र होइन, व्यवसाय नै हो ।यसअघि श्रुती सफ्टवेयर डेभलपरको काम गर्थिन् । तर अहिले भने दिनहुँ आर्यघाट धाउनु नै उनको नित्यकर्म बनेको छ ।
वास्तवमा उनले आर्यघाटमा मृतकको अन्त्येष्टि गर्ने सेवा सुरु गरेकी छिन् । उनले यो पेशा सुरु गर्दा उनलाई साथ दिने कोही थिएन । घर परिवार त उनको त्यो निर्णय सुन्दैमा आत्तिए । उनकी आमा त रिसाएर कति महिनासँग उनीसँग बोलिनन् पनि । तर श्रुती भने केही अलग गर्न चाहन्थिन् । र सोहीँ सोँचका साथ एक कम्पनी खोलिन् ।आफ्ना हजुरबाको मृत्यु हुँदा अन्तिम संस्कारका लागि सामाग्री जुटाउन हम्मे हम्मे परेको र अस्तव्यस्त बनेको घटनापछि उनलाई यस्तो आइडिया फुरेको हो ।श्रुतीले यस्तो कम्पनी खोलेकी छिन् जसले मृत्यु संस्कारसँग सम्बन्धित सुविधाहरु उपलब्ध गराउँछ । बजारमा बिहे लगायतका शुभकार्यको इभेन्ट म्यानेजमेन्ट गर्ने विभिन्न खाले कम्पनी खुलेका भएपनि मृत्यु संस्कार व्यवस्थापनको क्षेत्रमा भने सायद श्रुतीको आइडिया नै पहिलो हुनसक्छ ।जब कसैको घरमा मृत्यु भएको भनी उनलाई अन्त्येष्टि व्यवस्थापनका लागि फोन मार्फत जानकारी आउँदछ तब उनी सहितको कम्पनीको टोली तत्कालै सबै आवश्यक सामाग्रीहरु सहित मृतकको घर पुग्दछ । कम्पनीको सेवाबाट दुखको घडीमा मृतकका परिवारले ठूलो राहत पाउँछन् । वास्तवमा दिनहुँ मसानघाट धाउने व्यवसायबाट उनको कम्पनीले धन त कमाएकै होला, तर त्यसभन्दा बढी दुखी आत्माहरुको आशिक । काठमाण्डु टुडेबाट साभार

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses