काठमाडौँमा चल्ने नै भयो त मेट्रो रेल ? हेर्नुहोस

काठमाडौँमा चल्ने नै भयो त मेट्रो रेल ? ओलीको सपना प्रचण्डले अघि बढाए नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा मेट्रो रेल चलाउने अभिव्यक्ति दिइरहँदा निकै ठूलो मजाकको विषय बनाइएको थियो । सामाजिक सञ्जालदेखि हास्य ब्यंग्य कार्यक्रमसम्म ओलीको रेल सपना हाँसोको सपना बनेको थियो । तर, ओलीको त्यो परिकल्पनालाई माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरिरहेको वर्तमान सरकारले अघि बढाएको छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
लगानी बोर्डको बैठक
बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई सो सम्बन्धमा यसअघि भएको अध्ययन गर्ने र सञ्चालन लागतमा कति छुट दिएर कसरी अघि बढाउन सकिन्छ भन्ने कार्यादेश दिएको प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । तीन महिनाको समायावधि दिइएको उक्त समितिमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका प्रतिनिधि रहेका छन् ।
केपी ओली नेतृत्वको सरकारले रेल संचालनका लागि चालू आर्थिक बर्षमा बजेटको व्यवस्था नै गरेको छ ।स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses