यी नेपाली महिला जसको योनीमा श्रीमानले काठको बेल्ना घुसारे (दर्दनाक घटना)
सन्तान दिन नसकेको भन्दै श्रीमानले श्रीमतीको गुप्ताङ्गमा ४० सेन्टीमिटर काठको बेल्ना घुसाएका छन् ।
श्रीमान र श्रीमतीसम्मको सम्बन्ध जुगजुग हुने मानिन्छ तर, यहाँ ठिक उल्टो भएको छ । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा यस्तै समस्या लिएर एक नेपाली महिला भर्ना भएकी छन् । ती महिला अहिले उपचारका लागि अस्पतालमा छन् ।
काठको बेल्ना घुसार्ने उनकै श्रीमान हुन्, जो अस्पतालमा कुरुवा बसेका थिए । उनको गुप्तांगमा काठको बेल्ना फेला परेपछि चिकित्सकहरु नै तीनछक परे । ‘उनको भित्री अंग यति क्षतविक्षत भएको थियो कि यसबाट उनको मृत्यु नै हुनसक्थ्यो,’ चिकित्सकहरुको भनाइ छ ।
नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडीबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो जोडी नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् ।
समाचारमा यो घटनालाई अन्धविश्वास र महिलाहिंसाको चरम नमूनाका रुपमा लिइएको छ । साथै यो स्थितिमा सामान्यतः महिलाको मृत्यु हुने भए पनि यी महिला बहादुर रहेको र मृत्युको मुखबाट बाँच्न सफल भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
बेलायतबाट प्रकाशित डेलीमेलका अनुसार यी महिलालाई २४ डिसेम्बरको साँझ अस्पताल लगिएको थियो । पेटमा पीडा भएको र सुन्निएको अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
डेली मेल लेख्छ– अस्पताल लानु तीन दिनअघि उनका पतिले सन्तान दिन नसकेको भन्दै ४० सेन्टिमिटरको ‘बेल्ना’ले संवेनदशील अंगमा आक्रमण गरेका थिए । उनले गुप्तांगभित्रै बेल्ना छिराइदिएका थिए ।
यसबारे कसैसँग कुरा गरे मारिदिने धम्कीसमेत दिएका थिए । पीडित महिलाले भने लामो समयको कुराकानीपछि मात्रै आफूले भोग्नु परेको समस्या बताएकी थिइन् । श्रीमान नभएको अवस्थामा उनले श्रीमानले दिएको यातनाबारे सविस्तार भनेकी थिइन्, त्यसबेला यी महिला भक्कानिएर रोएकी थिइन् । उनको योनीभित्र ४० सेन्टिमिटरको बेल्ना फेला परेको थियो ।
घटनाको रहस्य खुलेपछि उनका श्रीमानलाई पक्राउ गरिएको छ भने उनलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses