उच्च रक्तचापबाट बच्न भिटामिन ‘डी’(जानी राखौ)

हालै भएको एक अध्ययनले रक्तचाप र मानिसहरूले लिने भिटामिन ‘डी’बीच गहिरो सम्बन्ध रहेको निष्कर्ष निकालेको छ । यसलाई सौर्य भिटामिन पनि भनिन्छ ।जुन शरीरमा प्रतिरक्षा प्रणाली, हाडहरूको विकास, दाँत क्याल्सियम प्राप्ति गर्नका लागि एकदमै आवश्यक छ । युरोप र उत्तर अमेरिकामा गरी १ लाख ५५ हजारभन्दा बढी व्यक्तिहरूमा गरिएको ३५ भन्दा बढी अध्ययनहरूले यो नतिजा निकालेका हुन् ।अध्ययनले उच्च मात्रामा भिटामिन ‘डी’ भएका व्यक्तिहरूको रक्तचाप आवश्यक मात्रामा हुने पत्ताल लगाएका थिए । अध्ययनमा प्रत्येक १० प्रतिशत भिटामिन ‘डी’को मात्रालाई बढाउँदा उच्च रक्तचापको खतरा ८ प्रतिशतले घट्ने देखिएको थियो ।डा.विमल करानी र उनको टीमले गरेको यस अध्ययनमा यो नतिजाले आफूहरूमा आत्मबल बढाएको बताएका छन् ।यसको असर र कारणहरूको बारेमा उनीहरूले बताएका छन् । डा.करानी लण्डन विश्वविद्यालयको बाल स्वास्थ्य इन्सिटिच्यूटसँग सम्बिन्धित छन् । स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses