बोल्दाबोल्दै विद्युत गएपछि के भयो ?हेर्नुहोस

बिहीबार मुलुकमा दुई शक्तिशाली नेताहरु पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा थिए । प्रधानमन्त्री प्रचण्ड पर्वत पुगेका थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली पर्वतसँग सिमाना जोडिएको स्याङ्जा । स्याङ्जामा वालिङ महोत्सव भइरहेको थियो भने पर्वतमा पाँचौं पर्वत महोत्सव । दुवै नेता दुईटा फरक फरक महोत्सवको कार्यक्रममा सहभागी हुन पुगेका थिए ।
संयोगले दुवै नेताहरु बोल्दाबोल्दै मञ्चमा विद्युत गयो । विद्युत गएपछि माइकले काम गर्ने कुरा भएन । त्यसपछि दुई नेताले एउटै प्रकृतिको घटनामा कस्तो प्रतिक्रिया दिए होलान् ?
घटना-१
मञ्चबाट सम्बोधन गर्दागर्दै विद्युत कटौती भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दाबोल्दैको रोष्टम छोडेर हात हल्लाउँदै मन्चबाट बाहिरिए । बत्ति गएपछि आयोजकहरु दौडधुप गरेर जेनेरेटर स्टार्ट गर्न थाले । तर जति हतार गरे पनि जेनेरेटर स्टार्ड गर्न झण्डै ५ मिनेट लाग्यो । ओलीले पाँच मिनेट कुर्ने धैर्यता पनि देखाएनन् । उनी मन्चबाट हात हल्लाए र आफु चढेर आएको हेलिकप्टर तिर हिँडे ।
कार्यक्रम स्थलबाट ओली निस्किएपछि एमालेका कार्यकर्ताहरु सरकारले बत्ती काटेको आरोप लगाउँदै नाराबाजी र ढुंगामुडा गरे । एमालेका जिल्ला नेताहरु र आयोजक ओलीलाई फर्काउन प्रयास गरे तर उनले मानेनन् ।
एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि महोत्सव केहीसमय स्थगित नै गरियो भने केही समय स्थिति नै तनावग्रस्त भयो ।
घटना- २
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष मञ्चबाट सम्बोधन गरिरहेका थिए । विद्युत गयो । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो ।
पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र सम्पूर्ण धौलागिरिलाई विद्युत्को हव भएको भन्दै प्रशंसा गरिरहेका थिए ।
उनले कालीगण्डकी प्रसारण करिडोरको काम भइरहेको र यस क्षेत्रमा ठूला जलविद्युत् आयोजना बनिरहेको बताइरहेका थिए । केहीबेर विद्युत् आउने प्रतीक्षामा उभिएका प्रधानमन्त्री विद्युत् नआएपछि सोफामा बस्न पुगे ।
करिब सात मिनेटपछि जेनेरेटरबाट विद्युत् आपूर्ति गरिएपछि प्रधानमन्त्रीले मन्तव्य सञ्चालन गरेका थिए । विद्युत् सञ्चालन नहुँदा आयोजक र सुरक्षाकर्मीका बीचमा दौडादौड नै चलेको थियो ।
नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले केन्द्रीय तहबाट नै सिस्टम आउट भएकाले विद्युत् आपूर्ति बन्द हुन पुगेको बताए । अवरुद्ध विद्युत् सेवा भने प्रधानमन्त्री काठमाडौं फर्केपछि झन्डै डेढ घन्टापछि सञ्चालन भएको थियो ।
किन यस्तो भयो ?
यो मुलुकमा यिनै राजनीतिक दलहरुले जनताको नाममा शासन सत्ता सञ्चालन गर्दै आइरहेका छन् । लोडसेडिङलगायतका समस्याहरु यिनै नेताहरुको असक्षमताका कारण भएका हुन् भन्दा अत्युक्ति नहोला । तर एमाले अध्यक्ष ओलीले पाँच मिनेट कुर्ने धैर्यता पनि देखाएनन् । यो प्रतिपक्षी मानसिकता पनि हुन सक्छ ।
उनले धैर्यता र थोरै पनि राजनीतिक संयमता नअपनाउँदा त्यहाँ तनावग्रस्त अवस्था नै सिर्जना भयो । मुलुकको यो अव्यवस्थाको दलका नेताहरुले जिम्मा लिनु पर्छ कि पर्दैन ? भन्ने प्रश्न पनि उब्जन सक्छन् । तर, ओलीको आफ्नै शैली छ । यद्यपि उनको शैलीले उनको दृष्टिकोण र राजनीतिक संस्कारको अवस्था भने देखाउँछ नै ।
उता प्रधानमन्त्री प्रचण्डले धैर्यता देखाए । आयोजकलाई सहयोग गरे । यद्यपि उनी सत्ताबाहिर भएको भए के गर्थे भन्ने प्रश्न पनि उब्जाउन सकिन्छ । तर, मुलुकको अव्यवस्थाको थोरै भने पनि जिम्मा लिने प्रयास गरे र धैर्यता पनि देखाए ।
दुवै कार्यक्रमहरु एउटै क्षेत्रमा भएका थिए । सम्बन्धित निकायमा बुझ्दा बिजुली एउटै कारणले गएको बुझिन्छ । तर सत्ता बाहिर हुँदा र सत्तामा रहँदा फरक प्रतिक्रिया एवम् नेता र कार्यकर्ताहरुले देखाएको फरक-फरक प्रस्तुतिले परिमार्जन गर्न आवश्यक रहेको राजनीतिक संस्कारलाई देखाउँछ ।स्रोत : साझा पोस्ट

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses