प्रेमिकालाई भेटदा साइकल र पत्रिका फालेर भागेको छु(भिडियो सहित)
बि.स २०४४ सालमा सुनसरीको इटहरी २ मा मातापिता इन्द्रलाल र हिरादेबी अधिकारीको ३ जना छोरा र ४ छोरीमध्ये दोस्रो सन्तानका रुपमा जन्म लिएका अधिकारीले स्थानीय महेन्द्र माध्यमिक बिद्यालयबाट माध्यमिक तह, जनसहयोग उच्च माबिबाट प्रमाणपत्रतह, जनता बहुमुखी क्याम्पस इटहरीबाट स्नातक तह र अन्नपुर्ण कलेज बिराटनगरबाट स्नातकोत्तर तहमा अध्यायनरत रहनुभएको छ । पत्रकार बन्दा समाजमा नाम कमाईन्छ र सबैले चिन्छन भन्ने सोचाईका कारण २०६१ सालमा पत्रकारिताको शुरुवात गरेका अधिकारीले पत्रकारिताकै क्षेत्रमा पनि स्थानीय,र क्षेत्रीय स्तरका पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएको छ । बिगत ३ बर्षदेखि सामाजिक संघसंस्था,पत्रकारिता सँगै बिज्ञापन एजेन्सी सञ्चालन गरिरहेका अधिकारी सँग समसामयिक बिषयमा गरिएका कुराकानीका अंशहरु :
पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
अहिले त्यस्तै बिज्ञापन एजेन्सीतिरै ब्यस्त छु र समय मिलेको बेला सामजिक कामतिर पनि लागेको छु धेरै जसो चै बिज्ञापन एजेन्सी तिरै ब्यस्त छु ।तपाइ सञ्चारक्षेत्रमा पनि आवद्ध हुनुहुन्छ अनी संगसंगै बिज्ञापन एजेन्सीतिर पनि उत्तीकै सक्रिय देखिनुहुन्छ अब तपाइलाई सम्बोधन गर्दा एक सञ्चारकर्मी भन्ने या ब्यवसायी भन्ने ?
सर्वप्रथम त म सञ्चारकर्मी नै हो सबैले एक पत्रकार नै भनेर चिन्छन पछिल्लो समय केहीले मलाई सफल ब्यवसायी पनि हो भनेर मान्ने गरेका छन ।
लेखन ब्यवसायलाई छाडेर अहिले ब्यवसायतिर लाग्नुभएको छ यो हिसाबले हेर्ने भने त तपाइलाई पत्रकार कुन अर्थले भन्ने ?
मैले लेख्न कहा छाडेको छु र म अहिलेपनि कलेज टाइम्स मासिक पत्रिका इटहरीबाटै प्रकासन गरिरहेको छु । इटही २४ तरहराबाट एफएमपनि सञ्चालन गरिरहेको अवथा छ । म अझै पनि केही पत्रिकाको जिम्मेवारी पदमै छु । त्यसैले चटक्कै लेख्न चै छाडेको छुर्न म अझै पत्रकारीतामै सक्रिय छु भन्नुपर्छ ।
तपाइले पत्रकारीता कसरी र कहिलेदेखी सुरू गर्नुभयो ?
पत्रकार हुँदा समाजमा राम्रो नाम पाइन्छ भन्ने जुन कुा सुने त्यसैलाई अध्यन गर्दै निरन्तर परिश्रम बावजुत मैले पत्रकारीता सुरू सुरू गरेको हु । मैले सम्पती कमाउने उद्येश्यले चै पत्रकारीता सुरू गरेको हैन ।
भनेपछि तपाइलाई नाम मात्रै चाहिएको थियो ! यो गर्दा के हुन्छ र कसरी गर्ने भन्ने कुनै ज्ञानै थिएन त ?
साच्चै भन्ने हो भने त्यतीबेला मलाई यस सम्बन्धी केहिपनि ज्ञानै थिएन मलाई यो पेसामा लाग्नु पर्छ भनेर हाम्रा अग्रज पत्रकारहरू भिम राई ज्वाला जुन अहिलेपनि औजार दैनिकको प्रधान सम्पादक हुनुहुन्छ त्यसैगरी अग्रज दाजु बद्रिबिशाल पोख्रेलले प्रोत्साहन दिएपछि झन मलाई हौसला प्रदान भयो त्यसपछि मैले पत्रकारीता सुरू गरेको हो ।
त्यो बेलाको पत्रकारीता र अहिलेको पत्रकारीतामा तपाइले के भिन्नता पाइरहनु भएको छ ?
त्यतीबेलाको अवस्था एकदम नाजुक थियो , पत्रपत्रिका थोरै प्रकासन हुन्थे , पत्रकारहरूपनि थोरै मात्रामा थिए तर अहिले देशमा जुनबेला लोकतन्त्र स्थापना भयो त्यसपछि सञ्चार क्षेत्र र पत्रकारहरु बढेको पाइन्छ । मैले लगभग एक दशक अघि पत्रकारीता सुरू गर्दा त्यतिबेला मेरो मासिक तलब दुई सय रूपैया हुन्थ्यो । त्यो बेला मुलुककै अवस्था दयनिय थियो पत्रपत्रिका र सञ्चारकर्मीको त के कुरा ।
तपाइको जिवनमा जुन बेला तपाई पत्रकारीता गरिरहनुहुन्थ्यो त्यो बेलाको कुनै अविस्मरणीय क्षण याद छ ?
मलाई अझैपनि याद छ त्यो घटना जुन बेला म पत्रकारको कार्ड बोकेर तत्कालिन हाँसपोसा गाविसका सचिव प्रकट बहादुर केशी हुहुन्थ्यो उहाँसंग हाँसपोसाको समसामयिक बिषय भनेको त्यतीबेला ढल निकासको थियो जुन त्यस क्षेत्रकोलागि एकदम जटिल समस्या बनेको थियो एक दिन त्यही बिषयमा रिपार्टिङ गर्न जादा तत्कालीन गाविस सचिव केसीसंग पत्रकारको कार्ड देखाएर मै हुँ बनेर गएको थिए त्यो घटना अहिले सम्झिदा आफैलाई गिल्टी फिल हुन्छ । मैले चै म पत्रकार हु भन्दै उहाँलाई हाँसपोसाको समस्या तुरून्त सामधान हुनुपर्छ भन्ने हिसाबले अली त्यस्तै प्रकारले कुरा राखेको थिए र त्यो बेला उहालेपनि तिमि को र कहाँको पत्रकार भन्दै त्यस्तै ब्यवहार गर्नुभयो जुन भोलीपल्टको समाचार बनाएर बजारमा फिँजियो त्यो समाचारले गर्दा उहाँमा पनि केही नराम्रो छाप बसेछ । पछि उहाले मसंग माफि माग्नुभयेो । जुन सम्झेर अहिले आफैलाई नराम्रो महसुस हुन्छ । त्यतीबेला मैलेत्यस्तो गर्नु हुदैन रछ भन्ने भान यतिबेला हुदैछ ।
जतिबेला तपाईले पत्रकारीता सुरू गर्नुभयो त्यो बेला तपाइलाई आफ्ना परिवार र आफन्तहरूले कतीको सहयोग गर्नुभयो या यस्तो काम नगर भनेर दबाब अायाे ?
त्यती बेलाको कुरा भन्नुपर्दा म आफैलाई नराम्रो लाग्छ । मलाई सपोर्ट कतैबाट पनि आएन न मेरो परिवार खुशी थियो न आफन्त नै मैले पत्रिका बाडेको देखेर मेरै परिवारले तैले हाम्रो खान्दानको नाक काटे हिडिस भनेर गाली समेत गर्नुहुन्थ्यो । आफन्तहरूले पनि कसैले नगरेको काम तैले गरिस हाम्रो इज्जत माटोमै मिलाइस सम्मको बचन लगाए । हुन त त्यतीबेला म स्थानीय महेन्द्र माविको टप ब्वाई र कलेजमा पनि टप ब्वाइ थिए एक प्रकारले सोच्दा टप ब्वाइ भएरपनि साइकलमा पत्रिका हालेर घर घरमा पूर्याएको देख्दा घर परिवारमा नराम्रो महसुस त भैहाल्छ । तर पनि म कसैको कुरामा नलागी निरन्तर यहि पेसामा लागिरहे । परिश्रम गरेपछि फल मिठो पाइन्छ भन्ने जुन शिक्षा मैले लिएको थिए त्यसैलाई पछ्याइरहे जसको कारण आज म सफल भएको छु यतिबेला मेरो परिवारपनि खुशी छ ।
त्यस्तो कुनै क्षण छ जुनबेला आफुले गरिरहेको कामबाट लज्जित महशुस भयो ?
त्यो घटना सम्झिदा मलाईनै लाज लाग्छ त्यतीबेला म जनसहयोग कलेजमा अध्यन्नरत बिद्यार्थी थिए म क्लासको सेकेण्ड बोइपनि थिए । त्यतीबेला मैले कसैलाई मन पराएको थिए नाम चै म यहाँ लिन चाहन्न । एकदिन पत्रिका बाँडदै जादा ठ्याक्कै उनिलाई बाटैमा देखे उनलाई देखेर त्यो बेला साइकल र पत्रिका फालेर भागेको सम्झदा लाजले मर्नुहुन्छ ।
तिन बर्षयता इटहरीमा रहेर तपाइ पाथिभरा बिज्ञापन एजेन्सी सञ्चालन गररहनुभएको छ । पूर्वमा अरूपनि बिज्ञापन एजेन्सीहरू छन तर तपाइको एजेन्सीले चै बढी नै कारोबार गरेको देखिन्छ । यसको खास कारण चै के हो ?
कुरा ठिकै हो अरू एजेन्सी भन्दा मैले सञ्चालन गरेको एजेन्सीले कारोबार धेरै गरेको छ । म १२ बर्षदेखी पत्रकारीतामा आवद्ध छु अलीअली बिज्ञापन बारेपनि ज्ञान भएकोले सानातिना बिज्ञापनहरूपनि समेटनुपर्छ भन्ने भावना राखेर यो बिज्ञापन एजेन्सी सुरूगरेको हो । अब मेरो चै धेर अरूको थोर भन्ने सवालमा के छ भने अरू एजेन्सी देखासिखीको भरमा सञ्चालन भएको छ मैले बिशुद्ध यहि पेशा अपनाएर बसेको छु । अर्काे कुरो बिज्ञापन एजेन्सीबारे मलाई ज्ञानपनि छ ।फेरी मेरो रिलेसन पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मै छ । त्यही रिलेसनलाई मेन्टेनगर्दै बिज्ञापनपनि आइरहेको छ । सरकारलाई ट्याक्सपनि तिरिएकै छ । आफैमा सक्षम पनि छ ।
तपाइको एजेन्सीले बार्षीक कारोबार चै कत्तिको गरिरहेको छ ?
यो देशको स्थिती यती जटिल छ कि अघिल्लो ६ महिना हामिले कुनै कामनै गर्न पाएनौ ।कामै नभएपनि हामिले एक करोडको कारोबार गर्न सफल बन्यौ । अघिललो ६ महिना भनेको नाकाबन्दी भयो त्यो बेला त हामीपनि जिरो ढोका थुनेर बस्नुपरेको थियो । जुनबेला मधेस आन्दोलन भयो र त्यसपछि नाकाबन्दी भयो त्यो बेला बिज्ञापन कतैबाट आउन सकेन सामान्य सरकारी बिज्ञापनहरू फाट्टपुट्ट मात्रै आए । जटिल अवस्थामा पनि हामिले १ करोडको कारोबार गर्न चै सफल भएका छौ ।
तपाइको एजेन्सीले चै उत्कृष्ट कारोबार गरेको भन्दै देशकै नामी मिडियाहरूले पनि तपाइलाई सम्मान गरिरहेको अवस्था छ । अब अरू बिज्ञापन एजेन्सी र तपाइको एजेन्सिमा फरक चै के छ त ?
त्यो चै कस्तो हो भने चाहे जुनसुकै एजेन्सी वा ब्याक्ती नै होस उसले इमान्दार र कर्तब्य निष्ठ भएर लागिपर्याे भने सम्मान अवस्य पाइन्छ । मैले यो मात्र हइन अहिले सम्म दर्जनौ संघसंस्थाहरूबाट सम्मान पाइसकेको छु । कारण के भन्दा इमान्दार र कर्तब्यनिष्ठ ब्यवहार जस्तो मलाइ लाग्छ ।
बिज्ञापन एजेन्सीहरूमा अहिले देखिएका मुख्य समस्याहरू चै के के हुन ?
अहिलेको मुख्य समस्या भनेको अस्वस्थ प्रतिष्पर्धा अनी मापदण्ड बिपरित एजेन्सी सञ्चालन हुनु त्यो भन्दा ठुलो समस्या भनेको भारतीय लगायत अन्तराष्ट्रिय एजेन्सीहरूले नेपालमा प्रभुत्व जमाएको छ यो अहिलेको ठुलो समस्या हो र यसकालागि सरकारले ल्याएको जुन नीति छ क्लिनफिट यो आउदो साउनदेखीनै लागु गरे एजेन्सिको समस्या सामधान हुनुकासाथै मुलुक आर्थिक उन्नतीको बाटोमा जाने थियो जस्तो लाग्छ ।
तपाइले भन्नुभयो एजेन्सीहरूमा अस्वस्थ प्रतिषपर्धा भनेर अब स्वस्थ प्रतिषपर्धा हुनकालागि चै एजेन्सीहरूमा के कस्ता गुणहरू आवस्यक छ त ?
काम गर्ने क्रममा कही कतै बिराइन्छ मैलेपनि बिराएको होला या अरू कसैले बिराउकै होला तर पनि पछिल्लो समय बिज्ञापन एजेन्सीहरू च्याउसरी पलाएका छन । कतीपय मापदण्ड बिपरीत छन ति एजेन्सीहरूलाई मनिटर गर्ने भनेको नेपाल बिज्ञापन संघले बिचमा यस्तो भुमिका निर्वाह गरिदिनुपर्याे कि मापदण्ड बिनाको एजेन्सीहरूलाई मापदण्डमा ल्याउनुपर्याे । दर्ता बिनाका एजेन्सीहरू खारेज गरिदिनुपर्याे । अहिले च्याउ सरी पलाएको एजेन्सिहरूको कारण अस्वस्थ प्रतिसपर्धा बढेको देखिन्छ यसलाई चाडै सामधान गरिदिनुपर्याे ।
अलिकती प्रसङग बदलौ तपाइ यती हेन्डसम हुनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आउछ ?
मलाई हेन्डसम भनिदिनुभयो तपाइलाई धन्यवाद प्रेम प्रस्ताव पहिला पहिला चै आउथ्यो अहिले चै आउदैन । जुन बेला म पत्रकारीता गर्थे अनी कलेज पढथे त्यो बेला अली अली आउने गर्दथ्यो ।
तपाइ जुन बेला पत्रकारीता गर्नु हुन्थ्यो त्यो बेला चै पत्रकारको तलब पनि हुदैन भनेर तपाइलाई छाडने गर्लफ्रेण्ड पनि थिए भन्ने हल्ला छ नी ? कुरा के हो ?
त्यो भएकै हो अब मैले केटी माग्न जादा समेत केटीपक्षका परिवारले पत्रकारको तलब नै हुदैन छोरी कसरी पाल्छ भनेकै हो । कतीले हामि पत्रकारलाई छोरी दिदैनौ तलब नै हुदैन सम्म पनि भनेका थिए । त्यो कुरा सम्झदा अहिले जस्तो लाग्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
आफुलाई एकाग्र बनाएर कडा मेहनत , इमान्दार र कर्तब्यनिष्ठ भइ काम गरे अवस्य सफलता पाईन्छ । चाहे जुनसुकै पेसा तपाइ अंगाल्नुस त्यसमा धैर्यता हुनैपर्छ पेशा कुनै सजिलो हुदैन त्यसमा कडा मेहनत चाहिन्छ । इमान्दार बनेर कडा परिश्रम गर्नुस जिवनमा सफलता अवस्य पाइन्छ अन्त्यमा पूर्वेली अनलाइन टेलिभिजन सञ्चालक साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<प्रेमिकालाई भेटदा साइकल र पत्रिका फालेर भागेको छु>>
स्रोत : पुर्बेली न्यूज
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses