अस्पतालभित्रै बिरामी र कुरूवाले किन गरे एकै साथ अात्महत्या

सुनसरीकाे धरानस्थित बिपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकाे हाताभित्र एक बिरामी र कुरूवाले फरक फरक समयमा एकै दिन अात्महत्या गरेका छन । माेरङ सिजुवाका ५३ बर्षीय गंगा भट्टरार्इ र झापा तोपगाछीका ३३ वर्षीय दुर्गा बराइलीले फरक फरक समयमा अाइतबार अात्महत्या गरेका हुन । सिजुवाका ५३ बर्षीया भट्टरार्इ लामाे समयदेखी घाटीकाे क्यान्सरबाट संक्रमित रहेका थिए उनी धरान स्थित प्रतिष्ठानमा उपचार गराइरहेका थिए ।दिल्लीको राजीव गान्धी अस्पतालमा घाँटीको शल्यक्रिया गराएका उनको छातीमा प्वाल पारेर श्वासप्रश्वास सुचारु गरिएको थियो । भट्टराई प्रतिष्ठानकै रजिस्टार कार्यालयका सिनियर अफिसरसमेत हुन् । त्यसै गरी झापा तोपगाछीका ३३ वर्षीय दुर्गा बराइली छोरा, भतिज र बैनीलार्इ कुरेर बसेका थिए । उनलेपनि अाइतबारनै अात्महत्या गरेकाे र ३ बजेर २२ मिनेट जाँदा उनी पेइङ वार्डबाहिर मृत अवस्थामा भेटिएकाे प्रतिष्ठान प्रहरी पोस्टका इन्चार्ज सई तिलक गिरीले बताए ।प्रहरीले दिएकाे जानकारी अनुसार माेरङ सिजुवाका ५३ बर्षीय भट्टरार्इ अत्याधिक पिडा सहन नसकेपछि उनले अात्महत्या गरेकाे हुन सक्ने अनुमान लगाएकाे छ भने झापा तोपगाछीका ३३ वर्षीय बराइली बिरामी अामाकाे उपचार खर्च जुटाउन नसकेपछि अात्महत्या गरेकाे अनुमान लगाएकाे छ । बराइली बराइलीको शव राति १० बजे सर्जरी वार्ड २ नं.नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भ¥याङमा डोरीको पासो बनाएर झुन्डिएको अवस्थामा फेला परेको थियाे ।अामा फूलमाया विकलार्इ स्तन क्यान्सर भएकाे पत्ताे पाएदेखी नै निरास अवस्थामा रहेका बराइलीले तिन दिन अघी मात्र प्रतिष्ठानमा उपचारकालागि ल्याएका थिए । तर चिकित्सकहरूले उपचार खर्च सुनाएपछि साे खर्च जुटाउन नसकेपछि उनले अात्महत्या गरेकाे हुन सक्ने प्रतिष्ठान प्रहरी पोस्टका इन्चार्ज सई तिलक गिरीले बताए । यता पाँच घन्टाको अवधिमा दुईवटा घटना हुँदा समेत प्रतिष्ठानमा सुरक्षामा खटिएको केटिएम सेक्युरिटी , प्रतिष्ठान कर्मचारी , प्रहरी लगायत कसैले पनी केही पत्ताे पाएन । उता बिरामीकाे निगरानीमा रहने नर्स एवम चिकित्सकहरूले समेत बिरामीकाे अवस्थाबारे जानकारी नलिनु याे प्रतिष्ठानकाे हदैसम्मकाे लापर्वाही हुने गरेकाे प्रस्ट देखिन्छ ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses