नेपाल वायु उडान सेवा युरोपमा प्रतिबन्द लगाएको मूल कारण 'सुरक्षा' नहुनु हो | (International airways Nepal)
नेपाली हवाइसेवालाई युरोपमा प्रतिवन्ध कायमै, १८ वटै कम्पनी ‘ब्ल्याक लिष्ट’मा
अनलाइनखबर
Earoplane-black-list-biman
२९ मंसिर, काठमाडौं । नेपाली हवाइसेवा कम्पनीहरुलाई युरोपियन युनियन (इयु)को कालोसूचीबाट हटाउन सरकार असफल भएको छ । लामो समयदेखि इयुले नेपाली एयरलाइसन्सलाई कालोसूचीमा राख्दै आएको छ ।
यसले नेपालको हवाइसेवा अझै नसुध्रिएको नेपाली आकाश अझै जोखिमूपर्ण रहेको सन्देश दिएको छ ।
सरकारले प्रयास र पहल गरेको बताएपनि यसपटक पनि इयुले नेपाली एयरलाइन्सहरुलाई नेपालका १८ वटै युरोपमा उडानको अनुमति नदिने गरी कालोसूचीमा कायमै राख्यो । इयुले नेपाली हवाइसेवा कम्पनीले सुरक्षा मापदण्डहरु पुरा नगरेको आरोपमा इयुले कालोसूचीबाट नहटाएको हो ।
एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिमि्रक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स इयुको कालोसूचीमा कायमै रहेका हुन् ।
यसले अब नयाा बिमान ल्याएर युरोपका लागि उड्ने नेपाल बायुसेवा निगमको योजनामा धक्का लागेको छ । अन्तर्राष्ट्रिय रुपमा राम्रो कुटनीतिक पहल नहुँदा पनि इयुले नेपाली हवाइ सेवाकालाई कालोसूचीमा कायमै राखेको हो ।
कालोसूचीमा कुन-कुन कम्पनी ?
२०७३ मंसिर २९ गते १२:३३ मा प्रकाशित
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses