मातृकाको छोराको बिहेमा १६ लाख खर्च, बुहारी सुनले ढपक्कै, प्रधानमन्त्री, मन्त्रीहरूको लाइन
दाईजोबिनाको विवाह अर्थात् कम्यूष्टिहरूले गर्ने प्रगतिशील विवाह । अनुमान गर्नुस् त केटीपक्षको कति खर्च हुन्छ यस्तो विवाह गर्दा ?
धेरैको अनुमान हुनसक्छ होला– यस्तो विवाह गर्दा त खर्च नै हुँदैन । वा एकदम थोरै हुन्छ । तर यस्तो अनुमान तपाई गर्नुभयो भने गलत सावित हुनेछ । मातृका यादबले आफ्नो छोराको प्रगतिशील विवाह गरेपनि उनका सम्धीको करीब १६ लाख बढी खर्च भयो ।
बुधवार बिहान करिब १० बजे माओवादी नेता मातृका यादब जन्ती लिएर छोराको विवाह गर्न गोबिन्दपुर पुगिसकेका थिए । करिब साढे एघार बज्दा प्रधानमन्त्री ‘प्रचण्ड’ पनि पुगे । विवाह स्थलमा खचाखच भिड बढ्यो । एकछिनमै स्टेजमा दुलही लिएर उनका साथीहरू पुगिन् ।
दुलाहाले दुलही र दुलहीले दुलाहालाई माला लगाई दियो । दुलाहाले दुलहीलाई सुनको अंगुठी पनि लगाए । सुनको गहनाले दुलही परी जस्तै सजिएकी थिइन् । मधेसको परम्परा अनुसार दुई दिनसम्म विधि गरेपनि मात्र विवाह सम्पन्न हुन्छ । तर प्रगतिशील विवाह भने एकछिनमै सकियो ।
विवाहमा सुरक्षाकर्मीसहित करिब १५ सय जन्ती सहभागी भएको दुलहीका दाजु अमरेन्द्र यादबले बताए । उनका अनुसार जन्तीलाई खुवाउन १२ परिकार तयार भएको थियो । उनले भने, ‘१२ सय जन्ती र ३ सय सुरक्षाकर्मीसहित करिब १५ सय जन्तीलाई भोज खुवाएँ ।’ दहेज नलिएपनि भोज र विविध खर्च जोड्दा अन्दाजी १५/१६ लाख रुपैया यो विवाहमा खर्च भएको उनले थपे ।
विवाहमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सरिक भए । उनीसंग श्रीमति सिता दाहाल पनि थिइन् । श्रीमती लिएर पुगेका प्रधानमन्त्री प्रचण्डले विवाह बन्धनमा बाँधिएका नव बरबधुको हातमा फूलको गुच्छा दिदै बधाई दिए । उनले छोटो सम्बोधन पनि गरे ।
उनले भने, ‘दाइजो बिनाको प्रगतिशीत विवाह उदाहरणीय र प्रशंसनीय छ । दाईजोका कारण धेरैले छोरीको विहे गर्न नसक्ने अवस्था आउने गर्छन् । त्यसैले दाइजो प्रथा उन्मुलन गर्न जरुरी छ ।’
उर्जामन्त्री जनार्दन शर्मा, कानूनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीद्धय विश्वनाथ साह र रामकुमार यादब, कांग्रेस नेता तथा सांसद अभयकुमार यादब लगायतका नेताहरुको सहभागीता रहेको थियो । उनीहरुले पनि दुलाहा–दुलहीलाई बधाई तथा सुखमय दाम्पत्य जीवनको शुभकामना दिए ।
स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses