बालुवाटारमा शीर्ष नेताबीच ‘सकारात्मक’ छलफल;

बालुवाटारमा शीर्ष नेताबीच ‘सकारात्मक’ छलफल
मङ्गलबार, २८ मङि्सर २०७३, १२ : ५५ |  नागरिक

बालुवाटारमा शीर्ष नेताबीच ‘सकारात्मक’ छलफल
बालुवाटारमा बसेकाे प्रमुख तीन दलकाे बैठक। तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय
काठमाडौं–संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचन, महाअभियोगको विषय तथा, पुर्नसंरचना आयोगका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सबै विषयमा प्याकेजमा सहमति खोज्ने विषयमा सकारात्मक छलफल भएको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिए।

 माले अध्यक्ष केपी ओलीले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै मुलुकलाई निर्वाचनतर्फ लैजान निर्वाचन सम्बन्धी कानुन संसदमा ल्याउन आग्रह गरेका थिए।  जवाफमा प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई पनि कहीँ न कहीँ ठाउँ दिनुपर्ने भन्दै सबैको सहमतिमा निर्वाचनमा जानुपर्ने बताएका थिए।
सरकारले मंसिर १४ गते संसदमा दर्ता गराएको संविधान संशोधनपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित प्रतिपक्ष दलहरुले निरन्तर संसद अबरुद्ध पार्दै आएका छन भने दलहरुबीचको दूरीसमेत बढेको छ। यसअघि सभामुख ओनसरी घर्तीले संसद खुलाउने विषयमा समन्वयकारी भूमिका निर्वाह गर्न खोजेपनि सफल भएकी थिइनन्।
दलहरुबीचको दूरी बढ्दै जाँदा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका हुन्।

छलफलमा असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने गरी  सहमति खोज्न प्रधानमन्त्रीले आग्रह गरेका थिए।  स्रोतका अनुसार बैठकमा एमाले अध्यक्ष केपी ओलीले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै मुलुकलाई निर्वाचनतर्फ लैजान निर्वाचन सम्बन्धी कानुन संसदमा ल्याउन आग्रह गरेका थिए।  जवाफमा प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई पनि कहीँ न कहीँ ठाउँ दिनुपर्ने भन्दै सबैको सहमतिमा निर्वाचनमा जानुपर्ने बताएका थिए।

सो बैठकलाई दलका नेताहरुले सकारात्मक भनेका छन्। बैठकपछि एमाले अध्यक्ष केपी ओलीले  मुलुकमा निर्वाचन गराउने र निर्वाचन सम्बन्धी कानुन तर्जुमा गर्ने विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए।  साँढे दुई घण्टासम्म भएको छलफलमा नेतारुबीच प्याकेज मै सहमति खोज्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ। सहमतिमा पुग्न समय अगाव भएको भन्दै पुन बैठक बस्ने गरी छलफल सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षा केपी अाेली सहभागी थिए।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses