नेपाल रेलमार्ग बारेमा भारतलाई चीनको कडा चुनौती;
मङ्गलबार, २८ मङि्सर २०७३, ०७ : ४९ | भारतलाई चीनको कडा चुनौती,
काठमाडौं- चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गाे रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै 'भारतले यस्तो ठाने अन्त्यहीन समस्या निम्तने' चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन 'ग्लोबल टाइम्स' दैनिकमा आइतबार प्रकाशित लेखमा 'चिनियाँ सामग्री निर्यातलाई भारतमा निर्मित वस्तुको बिक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने' प्रतिक्रिया छ। ग्लोबल टाइम्सलाई वैदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने पत्रिकाका रुपमा लिइन्छ। लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिइएको छ। भारतले चीनबाट नेपाली सामान रेलमा आइरहेको बारे भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्ने अभिव्यक्ति सार्वजनिक गरेको थियो। भारतीय संस्थापनको मुखपत्र मानिने टाइम्स अफ इन्डियाले केही दिनअघि लेखेको थियो, ''चीनले नेपालमा सामानको ठूलो खेप पठाएर भारतसँग प्रतिस्पर्धा गर्न खोजेको छ, यो कदमले नेपाली बजारमा भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्नेछ।' 'चिनियाँ कम्पनीहरुको सामग्री निर्यात सहज गर्ने प्रयासलाई भारतले भारतमा निर्मित वस्तु नेपालमा बिक्रीमा सम्भावित चुनौतीका रुपमा लिए त्यसले भविष्यमा अन्त्यहीन समस्या ल्याउनेछ,' जबाफमा ग्लोबल टाइम्सले लेखेको छ, 'तर यो कदमको अर्थ चिनियाँ वस्तुहरुले भारतीय वस्तुलाई देशबाट धकेल्नेछ भन्ने होइन। वास्तवमा अर्को देशसँगका सहकार्यको कुरा आउँदा चीन र भारत दुवैले अति नै संवेदनशील हुनबाट जोगिनुपर्छ।' करिब २९ करोड रुपैयाँको नेपाल ल्याउने सामग्री बोकेको चिनियाँ कार्गो रेल शुक्रबार ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ छुटेको थियो। यस्ता रेल पहिलोपटक वैशाखमा छुटेका थिए। चीनबाट रेलमा सामान ल्याउँदा खर्च महँगो पर्ने भए पनि भारतको बाटोबाट भन्दा एक महिना छिटो हुन्छ। यसअघि चिनियाँ सामग्री कोलकोता–वीरगन्ज हुँदै ल्याइन्थे। चीनबाट आयात हुने करिब ७० प्रतिशत सामग्री कोलकोता वीरगन्ज हुँदै नेपाल भित्रने गरेको छ। नेपाली व्यापारीले खरिद गरेका रेडिमेड लत्ताकपडा, मोबाइलसहित इलेक्ट्रोनिक्स, फर्निचरजस्ता सामान बोकेर रेल शुक्रबार चीनको ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ छुटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। ५ हजार २ सय ७० किलोमिटर रेलबाट ग्याइरोङसम्म ल्याएको रेल त्यसपछि थप ८ सय ७० किमीको ट्रकबाट ढुवानी गर्दै काठमाडौं ल्याइनेछ। ग्याइरोङ—ल्ह्ासा—केरुङ हुँदै ती सामान काठमाडौं आउनेछन्। ग्वान्जाओ–कोलकाता–वीरगन्ज रुटबाट आउने सामान ग्वान्जाओबाट तिब्बतको ग्याइरोङ–ल्हासाबाट केरुङ हुँदै काठमाडौं ल्याउन लागिएको हो। ती कार्गो रेलबारे भारतीय सरकारसँग निकट मानिने पत्रिका 'टाइम्स अफ इन्डिया' ले समाचार लेख्दै नेपाली बजारमा भारतीय सामग्रीको निर्वाध पहुँचमाथि सम्भावित चुनौतीका रुपमा व्याख्या गरिएको थियो। नेपालको ७० प्रतिशत व्यापार भारतसँग हुँदै आएको छ। पछिल्लो समय भूकम्पयता तातोपानी नाका अवरुद्ध हुँदा चीनसँगको आयात केही घटेको छ। चीनले नेपालतर्फ आफ्ना वस्तु मात्र पठाउने होइन, नेपाल हुँदै भारतीय वस्तुसमेत ल्याउने प्रयासमा सम्पर्क स्थापित गर्ने खोजिरहेको ग्लोबल टाइम्सले जनाएको छ। उक्त समाचारमा वान बेल्ट वान रोड (ओबर) का माध्यमबाट चीनले नेपालमा रेलवे सञ्जाल विस्तार गर्न चाहेको पनि बताइएको छ। दक्षिण एसियाली देशमा रेलबाट सामान ढुवानी गर्नु समुद्रबाट छोटो दुरीमा पर्ने समाचारमा जनाइएको छ। नेपालमा पूर्वाधार निर्माण गर्न सके चीनको मध्यभागमा रहेको सहरबाट स्थलमार्ग हुँदै व्यापार गरे हालको समुद्री मार्गको भन्दा आधा दुरी घट्ने विभिन्न अध्ययनले देखाएको छ। नेपाली पक्षले पटकपटक दुवै देशभित्र व्यापार तथा सम्पर्कका लागि नेपाल गतिशील पुल बन्ने बनाउँदै आएको छ तर भारतीय पक्षमा आफ्नो प्रभाव क्षेत्रभित्र चीन प्रवेश गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेको छ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses