नयाँ खुलासा: कन्चन शर्माको यस्तो छ बयान, को झुठो, को साँचो ?

पवित्र समाज सेवा नेपाल नामको गैर सरकारी संस्था सञ्चालन गरी मिडियामा चर्चामा आउन खोज्ने दिक्षा चापागाईले नेपालका प्रतिष्ठित सञ्चारमाध्यम र पत्रकारलाई बेवकुफ बनाउने प्रकरणलाई रोकेकी छैनन् । इन्जिनियर मोहन रेग्मीकी सम्बन्ध विछोड गरेकी श्रीमती कञ्चन रेग्मी शर्माको अन्तरवार्ता कान्तिपुर टेलिभिजनको सुमनसँग भन्ने कार्यक्रममा आएपछि सामाजिक सञ्जाल र मिडिया बहसपछि चापागाईको कर्तुत खुल्न थालेको हो ।

दिक्षाले सिकाएको आधारमा नै कञ्चनले बोलिरहेको कुरा खुल्न आयो, गजलदेखि अन्य संवादहरु सबै दिक्षाको सिकाईका आधारमा कञ्चनले बोलेकी हुन् । स्रोतले भन्यो, उनको उद्दार भएको सही भएपनि अरुको मानाहानी गर्ने गरी दिक्षाले सिकाएकी हुन् ।
हुन त दिक्षा चापागाई पहिला पनि विवादमा आएकी थिइन् । नागरिक दैनिकमा गलत सूचना दिएर आमाघर सञ्चालक दिलशोभा श्रेष्ठको हुर्मत लिन खोजेकी दिक्षा त्यसमा असफल भएपछि कञ्चन रेग्मीलाई अगाडि सारेकी हुन् ।

नागरिक दैनिकले उक्त सूचनाका आधारमा समाचार छापेपछि गल्ती भएको स्वीकार गर्दै तत्कालिन सम्पादक प्रतिक प्रधानले मुख पुष्ठमा नै क्षमायाचना गरेका थिए । पत्रिकाले फेला पारेको उक्त अडियो चापागाईँकै माध्यमबाट नागरिकका पत्रकारले फेला पारेको बुझिएको छ ।

दुःखी र दरिद्रको संरक्षणका लागि कसैले दिक्षालाई भन्यो भने उनी पहिला पत्रकार सम्मेलन गर्नुपर्ने सर्त राख्छिन्, त्यसपछि उनको उपचार संरक्षणको व्यवस्थाका लागि सम्बन्धित व्यक्तिसँग पनि रकम माग्ने गरेको पनि खुल्न आएको छ ।

एबीसी टेलिभिजनमा दिक्षा चापागाईँले दिएको अन्तरवार्तामा पनि उनले ढाटेकी छन् । कञ्चन रेग्मीको अन्तरवार्ताका लागि उनले निक्कै पापड बेल्नु परेको थियो । अन्तरवार्ताका लागि चापागाई सुमन खरेललाई फोर्स गरेकी थिइन् । खरेल कार्यरत बीएफबीएस रेडियोको कार्यालयमा उनी २ पटक पुगेकी थिइन् ।
खरेललाई कन्भिन्स गरेपछि कञ्चनको अन्तरवार्ता सुमनसँग भन्ने कार्यक्रममा आएको थियो । त्यसबेला खरेलले रेग्मीका परिवारलाई सम्पर्क गर्ने कोशिस गरे पनि हुन सकेको थिएन । त्यसपछि खरेलले अन्तरवार्ता रेकर्ड गराएर प्रशारण गरेका थिए । दिक्षाले कञ्चनका परिवारसँग सम्पर्क नभएको दाबी गरेकी छन् ।

दिदीहरुबाहेकसँग भेट नभएको दाबी उनको छ । तर दिक्षाले कञ्चनका परिवारसँग बारम्बार फोन सम्पर्क गरेकी थिइन् । कञ्चनका श्रीमान मोहनले भने एक पटक सम्पर्क भएको दाबी गरेका छन् । मोहनका अनुसार कञ्चनले घर छाडेको ७ वर्षपछि दिक्षा चापागाईको नाममा एक पटक फोन आएको बताए , जनप्रहारमा खबर छ ।

स्रोतका अनुसार दिक्षाले संरक्षणका नाममा राखेका व्यक्तिका आफन्तहरु र सक्षम व्यक्तिसँग आफूले गरेको खर्चको मागमात्र नगरी सहयोग नगरे मिडियाको दुरुपयोग गरी बेइज्जत गर्ने धम्कीसमेत दिने गरेकी छन् । स्रोतका अनुसार दिक्षा बढी प्रचारात्मक प्रवित्तिको रहेकी छन् ।

उनले नियोजित रुपमा भिडियामा आफू र आफ्नो संस्था स्थापित गराउनका लागि विभिन्न प्रोपोगान्डा गर्छिन् । सुमन खरेलको कार्यक्रममा पनि कञ्चल मार्फत दिक्षाले आफु र आफ्नो संस्थाकोे नाम प्रचारात्मक बनाएकी छन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses