सोलुखुम्बु अनलाईनका संचालक पत्रकार महेश राना मगर र कामे मगर बिना कारण थुनिएको भन्दै मगर संघ शाखा कतार द्धारा गम्भिर ध्यानाकर्षण ।


कृष्ण सारू मगर
दोहा-कतार २६, १६ नोभेम्बर २०१६ बुधबार तदनुसार १ मंसिर २०७३का दिन जोया र जिवन थापा मगरले नेपालको संविधान २०७३ को धारा ११ को उपधारा ६ अनुसार - "नेपाली नागरिक सँग वैवाहिक सम्बन्ध कायम राख्न संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन बिवाह दर्ता संगै वैधानिकताको लागि जिल्ला प्रशासन कार्यालय, चितवनमा पुगेर कानुनी प्रक्रिया अवलम्बन भई रहेको अवस्थामा छानबिन समितिका सदस्य समेत रहेका सोलुखुम्बु अनलाईनका संचालक पत्रकार महेश राना मगर र कामे मगरलाई जिवन–जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले साईबर क्राईमको आरोपमा गिरफ्तार परेका हुन् । पत्रकार महेश राना मगर र समाजसेवी कामे मगरलाई बिना सर्त तुरुन्तै रिहा गर्नु पर्ने जोडदार माग राख्दै उक्त घटना प्रति गम्भिर ध्यानाकर्षण नेपाल मगर संघ शाखा कतारले च.न. २०१५/०१६ प.सं.न. ४६ मा २३ नोभेम्बर २०१६को प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित समाचार प्रति चित्त नबुझे वा कुनै किसिमको गुनासो भए मुलुकी ऐन कानुनको बिकल्प हुँदा-हुँदै प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको जिकिर गर्दै, उक्त घटनाका पिडित लाई सह्योग गर्नुको सट्टा उल्टै विभिन्न आरोपमा प्रहरी द्वारा गिरफ्तार गरिनु अत्यन्तै अमानवीय ब्यावहार प्रति निन्दनीयकार्य हो र यस घटना प्रति नेपाल मगर संघ, शाखा कतार घोर आपत्ति प्रकट गर्दछ ।

विज्ञप्तिमा भनिएको छ यदि कुनै पनि बहानामा निसर्त रिहाई नगरे नेपालीले आफ्नो देशको मान प्रतिष्ठामा स्वाभिमान माथि आँच आउने कृयाकलाप र गतिविधि भए निर्दोष जीवन र जोयालाई न्याय, ती अबोध नावालकहरूलाई अधिकार र नेपालीको पहिचान दिलाउन विश्वमा रहेका नेपालीहरूले आन्दोलन गर्न बाध्य हुनुका साथै उक्त घटनाकै कारण आउन सक्ने क्षतिको पुर्ण जिम्मेवार चितवन प्रशासन कार्यालय, आदर्श गृह संस्था चितवन र राज्य हुनु पर्ने नेपाल मगर संघ, शाखाकतारले गम्भीर ध्यानाकर्षण गरेको संघका  अध्यक्ष महेन्द्र थापा मगरले गुम्बेली खबरलाई बताए ।

साभार: गुम्बेली खबर

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses