सिमिकोट विमानस्थलमा मकालु एयरको जहाज दुर्घटना
२६ कात्तिक, सिमिकोट । हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो ।
प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् ।
अवतरणको क्रममा जहाजबाट धुँवा निस्किएको र पांग्रा पन्चर भएको डा. घिमिरेले जानकारी दिए । उनले भने, ‘रनवेको बीचमा आइपुग्दा धुँवा निस्किएको देखियो र फोर्सली ब्रेक लगाउँदा पांग्रा ब्रस्ट भयो ।’
दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म पुर्याइएको थियो । जहाज ग्राउण्डेड भएको र प्राविधिक परीक्षणको काम भइरहेको घिमिरेले बताए ।
सिमिकोट विमानस्थलमा उडान र अवतरण भने जारी छ ।
साभार: अनलाइन खबर
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses