नाम र ठेगाना मिल्दा अनाहकमा पाँच महिना जेल

काठमाडौं – फरार अभियुक्तसँग नाम र ठेगाना मिलेकै भारमा अनाहकमा एक निर्दोष व्यक्ति पाँच महिना १९ दिन जेल जीवन बिताउन बाध्य भएका छन् ।

सुन्दै अनौठो लाग्ने यो घटना सप्तरी जिल्ला अदालतको तहसिल शाखाको त्रुटी र लापरबाहीको कारण हुन गएको हो ।

अभियुक्तसँग नाम र उनको ठेगाना जुध्दा निर्दोष भएर पनिसप्तरीको कञ्चनरुप नगरपालिका ६ पिप्रा पूर्वटोल बस्ने फिरंगी मल्लाहका छोरा ५० वर्षीय रामफल मुखयिाले जेल बस्नुपर्यो ।

उनलाई ४ जेठ २०७३ मा जिल्ला अदालतबाट खटेको डोर कर्मचारीले पक्राउ गरेको  छ ।

१३ कात्तिक, २०४२ मा अदालतले कञ्चनरुप नगरपालिका ६ पिप्रापूर्व टोल बस्ने रामफल मुखियालाई डाँका तथा थुनाबाट कैदी बन्दी भगाएको आरोपमा ६१ वर्ष ४ महिना १९ दिन कैद सजाय फैसला भएको थियो ।

त्यति बेलादेखि नै मुखिया फरार छन् । तर फरार अभियुक्तको खोजी र पक्राउ गर्ने क्रममा नाम र ठेगानामिलेकै भरमा अर्का निर्दोष व्यक्तिलाई जेलमा पु¥याइएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses