घाइते श्रीमानलाई कसरी घर फर्काउने ? दुबईबाट मनमायाको पिरलो

२५ कात्तिक, काठमाडौं । दुबईमा रहेका काभ्रेको मण्डनस्थित गैंडाथोकका दिलबहादुर तामाङले गत अगष्ट ५ मा खुसीको खबर सुने । काठमाडौंको एक स्कूलमा पढिरहेका दुई छोरी नै परीक्षामा प्रथम भएको सुनेपछि उनी खुसी मनाउन डेरा बाहिर निस्किए ।

तर, त्यही खुसीको दिनमै उनको दुखद पाटो पनि गाँसिएको रैछ । उनलाई डेरा अगाडि गाडीले ठक्कर दिएर सख्त घाइते बनायो ।

दिलबहादुरको युएईको इमिरेट्स रोडस्थित खालिफा अस्पतालमा उपचार भयो । उनको दायाँ खुट्टा भाँचिएको थियो भने छातीमा पनि चोट लागेको थियो । दुर्घटनाकै कारण दाहिने हात नचल्ने भएको छ । मानसिक अवस्था पनि केही असन्तुलित देखिएको छ ।

दिलबहादुर करिब पाँच वर्षदेखि दुबईमा काम गर्दै आएका थिए । उपचारपछि अहिले स्वास्थ्यमा केही सुधार आएपछि उनी काम गर्ने कम्पनीले क्वाटरमै लगेर राखेको छ । उपचार खर्च पनि कम्पनीले नै बेहोरेको छ । तर, दुबईमै रहेकी उनकी श्रीमती मनमाया भने उनलाई नेपालमै ल्याउन चाहन्छिन् ।

श्रीमानको पासपोर्ट प्रहरीले लगेकोले फर्कन नसकिएको मनमायाले बताइन् ।

प्रक्रिया थाहा नहुँदा घर फर्किन सकस

पासपोर्ट नहुँदा दिलबहादुरलाई नेपाल फर्काउन समस्या देखिएको छ । केही समय अगाडि प्रहरीले उनको पासपोर्ट लगे पनि अझै फिर्ता पाएका छैनन् । सडकपेटीमा बसेका उनले मादक पदार्थ सेवन गरेको भेटिएपछि प्रहरीले पासपोर्ट लगेको थियो ।

मनमायाका अनुसार, श्रीमान् पाँच वर्षदेखि कार्यरत कम्पनी ‘इभरसेन्डी इञ्जिनियरिङ’ले प्रहरीलाई तिर्नुपर्ने जरिवाना तिरिसकेको छ । जरिवाना तिरेपछि श्रीमानलाई लैजान सकिने प्रहरीले बताएको थियो । तर, प्रक्रिया पूरा नभएको भन्दै अहिलेसम्म प्रहरीले पासपोर्ट दिएको छैन ।

उनले भनिन् ‘कानुनी प्रक्रिया के हो थाहा छैन, श्रीमान्लाई नेपाल लगेर उपचार गराउँछु भन्दा पनि पाइरहेको छैन । यो कस्तो आपत आइलाग्यो !’

उनले आफूलाई सहयोग गर्न चाहनेहरुले +९७१५२९९७९८५४ वा +९७१५२७६२३२१७ मा फोन सम्पर्क गर्न पनि आग्रह गरेकी छिन् ।

दूतावासले फोनै उठाउँदैन

घाइते श्रीमानलाई नेपाल लैजाने प्रक्रियाबारे बुझ्न युएईस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा फोनै नउठेको मनमायाको गुनासो छ ।

‘त्यहाँको फोन कहिले पनि उठ्दैन, दूतावासमै गएर भन्दा विस्तारै हुन्छ भने पनि अझैसम्म भएन’, उनले रुँदै दुःख पोखिन्, ‘म पनि काममा जानुपर्छ, रुँदारुँदा थाकिसकेँ ।

कम्पनीले नेपाल जाने खर्च समेत बेहोर्ने भने पनि दूतावासले आवश्यक प्रक्रियामा सहयोग नगर्दा सास्ती पाएको उनको गुनासो छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses