समाचार लेखेको भरमा पत्रकार पक्राउ गरेको भन्दै सर्वत्र बिरोध / रिहाई संगै घटनाको छानविन गरी दोशीलाई कारवाहीको माग
मगर मिडिया डट कम
काठमाण्डौ, मंशिर ५ चितवनका जिवन थापा र जोयाको बारेमा समाचार लेखेको आधारमा प्रहरीले पत्रकार महेश राना मगरलाई पक्राउ गरेको विरोधमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) र नेपाल मगर पत्रकार संघ केन्द्रले कडा आपत्ती जनाएका छन् । घटनाको वारेमा सत्य तथ्य छानविन गरी पक्राउ परेका पत्रकार महेश रानाको बिना सर्त रिहाई गर्न उनीहरुले माग गरेका छन् । सोलुखुम्बु अनलाईनका पत्रकार रानालाई साईवर क्राईमको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंशिर १ गते चितवन बाट पक्राउ गरेको थियो ।
पत्रकार पक्राउको भ्रत्सना गर्दे फोनिज केन्द्रले तत्काल रिहाई गर्न माग गरेको हो । संघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग द्धारा जारी प्रेस बिज्ञप्तीमा समाचार लेखेको बिषयमा चित्त नबुझे कानुनी उपचार खोज्न पाउने संबैधानिक हक हुदा हुदै एउटा कलम जिवि पत्रकारलाई हत्कडी लगाएर थुनामा राख्नु प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको बिरुद्ध भएको भन्दै पत्रकार रिहाई र दोशीलाई कारवाहीको माग गनुभएको छ ।
मगर पत्रकार संघका केन्द्रिय महासचिब देव पचभैया द्धारा जारी बिज्ञप्तीमा पनि समाचार लेखेकै आधारमा पत्रकार रानालाईलाई प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गर्दे दोशीलाई कारवाही गर्न आग्रह गर्नुभएको छ । पत्रकार राना संगै प्रहरीले जिवनका मामा कामे मगरलाई पनि पक्राउ गरेको फोनिज चितवन शाखाले जनाएको छ ।
प्रहरी प्रमुख संग कुरा गर्छो: महासचिब राई
फोनिज महासचिब गजुरधन राईले पत्रकार महेश रानालाई साईवर क्राईममा मुद्धा चलाउन चितवन बाट काठमाण्डौ ल्याउन लागेको खवर प्राप्त भएको भन्दै आईतवार नै अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र नाथ खनाललाई भेटेर घटनाको बारेमा जानकारी लिने बताउनुभएको छ । आवश्यक परे प्रहरी प्रमुख संग पनि कुरा गर्छो महासचिब राईले भन्नुभएको छ ।
तत्काल छोड: मगर संघ
नेपाल र नेपालीको शीर निहुरिने खालको जीवन र जोया काण्डको सत्य तथ्य घटना वाहिर ल्याउन नेपाल मगर संघ केन्द्रिय समितिले छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको नेपाल मगर संघले जनाएको छ । संघका केन्द्रिय अध्यक्ष नविन रोकाले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा मगर संघ लगाएत ब्यतिm ब्यतिmहरुको पहल कदमीमा देश सफल भएको उल्लेख छ । विवाह दर्ताको लागी जोया र जिवन चितवन गएर अदालती प्रकृया पुरा गर्ने काम भैरहेको बेला छानविन समितिका सदस्यहरु पत्रकार महेश राना र कामे मगरलाई चितवन प्रशासनले पक्राउ गरेको भन्दै अध्यक्ष रोकाले घटनाको भत्र्सना गर्नुभएको छ । पक्राउ परेकाहरुको तकाल बिना सर्त रिहाईको माग गर्दे त्यसो नगरिए नेपाल मगर संघ, नेपाल र नेपाली स्वाभिमान रक्षा गर्न आन्दोलन गर्न बाध्य हुने संघले चेतावनी दिएको छ । बिज्ञप्तीमा भनिएको छ , त्यसबाट हुने कुनै पनि परिणामको भागीदार चितवन प्रसासन, आर्दश नारी सस्था र राज्य हुने छ ।
पक्राउ परेकालाई रिहा नगरे आन्दोलन चर्काउछौ: अन्र्तराष्ट्रिय मगर मंच
घटनाको विरोध गर्दे अन्र्तराष्ट्रिय मगर मंचले पनि बिज्ञप्ती निकालेर पक्राउ परेकाको तत्काल रिहाईको माग गरेको छ । मंचका संयोजक थर्क राना मगरद्धारा जारी प्रेस बिज्ञप्तीमा सवैको सहयोगमा दुई नावालक लाई उनीहरुको आमा सहित हालै नेपाल फर्काउन सफल भएको बेला आफु माथि कारवाही गर्ने डरले जोयालाई नेपाल फर्काउन सहयोग गरेको र समाचार लेखेको भरमा पक्राउ गरिएका महेश राना र कामेमगरलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । देशको कानुन आफ्नो हातमा लिएर जिवन मगरको परिवारलाई विना कारण सजाय दिने सबैलाई कारवाहीको माग गर्दे आफुहरुको मागको बेवास्ता गरे अन्र्तराष्ट्रिय तहमा आन्दोलनमा उत्रिने बिज्ञप्ती मार्फत चेतावनी दिईएको छ ।
पत्रकार पक्राउको बारेमा प्रहरी संग कुरा भएको छ: उजिर मगर
नेपाल पत्रकार महासंघका महासचिब उजिर मगरले पत्रकार महेश राना पक्राउको बिषयमा चितवनका प्रहरी प्रमुख संग कुरा भैरहेको बताउनुभएको छ । घटनाको बिषयमा पत्रकार महासंघ चितवन शाखालाई बुझ्न भनेको भन्दै महासचिब मगरले आईताार दिउसो महासंघ बाट बिज्ञप्ती निकालेर त्यसको विरोध गर्ने बताउनुभएको छ ।
यो भिडियो पनि हेर्नुहोस् >>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses