डेढ महिना देखि बेपत्ता बिनुमगरको शव पहिचान / परिवार संग मिलेर श्रीमान्ले हत्या गरेको भन्दै माईतीले दिए किटानी जाहेरी !
देब पचभैया
पाल्पा, मंशिर १० - झण्डै डेढ महिना अघि बेपत्ता हुनुभएकी हेक्लाङ्ग ६ पाल्पाकी २४ बर्षिया बिनु थापा मगरको शव पहिचान भएको छ । बिहिवार बेलुकी शव पहिचान गरी उहाको हत्या भएको भन्दै माईतीले श्रीमान् दिपेन्द्र बस्याल , उनका बुवा लक्ष्मण र आमा पार्वती विरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएका छन् । विनुको ४ बर्ष पहिले तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग विहे भएको थियो । श्रीमान् संगै तानसेनमा बस्दै आउनुभएकी बिनु दशैको टिका देखि बेपत्ता हुनुभएको थियो ।
गएको कार्तिक ५ गते हुंगी १ असर्दी निरको कालीनदीको किनारमा भेटिएको बेवारिसे शव विनुको भएको वुवा,भाई र आफन्त्ले पहिचान गरेपछि राम्दीघाटमा गाडिएको शव बिहिवार बेलुकी नै उत्खनन् गरेर आफन्तले अन्त्येष्टी गरेका छन् ।
बेवारिसे शव पहिचान नभएपछि प्रहरीको अनुरोधमा तानसेन नगरपालीकाका कर्मचारीले गएको कार्तिक ८ गते राम्दीघाटमा लगेर गाडेका थिए । प्रहरी, जिल्ला अस्पतालका कर्मचारी, बिनुका आफन्त, पत्रकार लगाएतको टोली घाट पुगेर शवको उत्खनन् गरेका हुन् । शवको डि.एन्. ए परिक्षणको लागी आवश्यक प्रमाण लिएर प्रहरीले अन्त्येष्टीका लागी आफन्तलाई शव हस्तान्तरण गरेका थिए ।
श्रीमती बिनुलाई बेपतmा पारी अर्की युवती लिएर फरार दिपेन्द्रको खोजी भैरहेको प्रहरीले जनाएको छ । छोरी हराएको महिनौ दिन भएको र खोजिगरिदिन विनुका बावु नर बहादुरले प्रहरीमा उजुरी दिएकै दिन गएको सोमवार दिपेन्द्र फरार भएका हुन् ।
घटना लुकाउन अर्की युवतीको प्रयोग
आफु दिपेन्द्र संग गोरखपुर रहेको र दईचार दिन भारत घुमेर घर फर्किने भनी सोमै मगर थरकी अर्का युवतीले घरमा बुवालाई खवर गरेको जानकारी आएको र ति युवतीले नक्कली विनु वनेर काठमाण्डौमा बस्ने विनुका भाउजुलाई फोन गरेको प्रहरीले जनाएको छ । “म विनु बोलेको , अहिले मैले बैङलोरमा पढेकी छु , भनेकी ति युवतीलाई बिनुका भाउजुले यो आवाज बिनुको हैन भनेपछि उनले फोन काटेकी थिईन् । तानसेनमा स्नातक तहमा अध्ययनरत ति युवती संग पनि दिपेन्द्रको प्रेम सम्बन्ध रहेको विनुका आफन्तले बताएका छन् ।
२०६९ भाद्र १५ गते विनु संग अन्तरजातिय बिहे गरेका दिपेन्द्र जिल्ला शिक्षा कार्यालय पाल्पामा प्राबिधिक पदमा कार्यरत हुन् । उनीहरुको बिहेलाई केटाको परिवारले अस्वीकार गरेपनि बिनुका माईतीले भने भोजभतेर गरेरै मगरी परम्पराअनुसार ढोगबेद दिएका थिए ।
बिहे हुनु अघि नै बिनु दिपेन्द्र संगै तानसेनमै बस्दै आएका थिए । वि, एस,सि अध्ययनरत विनु र दिपेन्द्र विच २०६६ साल तिर प्रेम सम्बन्ध रहेको आफन्तको भनाई छ । दसैको दिन छोरी संग अन्तिम पटक कुरा भएको विनुका बुवा नर बहादुरले जानकारी दिनुभयो । त्यसपछि उनको फोन आएन, नरवहादुरले भन्नुभयो छोरीको फोन उठाएर ज्वाई दिपेन्द्रले पर छिन, एक छिन पछि गर्नु , कहिले बुटवल छिन् भन्ने र पछि स्कोलरसिपमा भारतको बैङ्गलोर पढ्न पठाएको बताए पछि शंका लागेर प्रहरीमा गएका हौ ।
सहयोग माग्न विनु महिला कार्यालय पुगेको खुलासा
श्रीमान्ले मानसिक र शारिरिक यातना दिएको भन्दै सहयोग माग्न बिनु भाद्र २१ गते नै महिला तथा बालबालिकाको कार्यालय पुगेको खुलासा भएको छ ।
श्रीमान् ले घाटी अठ्याएर आफु २ घण्टा बेहोस भएको र उनले सधै यसरीनै कुटपिट गर्ने भन्दै विनुले सहयोगका लागी अनुरोध गरेको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
सहयोग माग्न कार्यालय पुगेकी बिनुलाई प्रहरीमा जान परामर्स दिएको कार्यालयका निमित्त प्रमुख सुस्मा रेग्मीले जानकारी दिनुभयो । तर महिला बिकास कार्यालयले यस बिषयमा उती बेलै चासो दिएर सहयोग गरेको भए विनुको ज्यान जोगिन सक्ने जिल्ला वासीहरुले बताएका छन् ।
विहे पछि नै खटपट !
माईतीका अनुसार दिपेन्द्रको परिवारले विनुलाई अस्वीकार गरेदेखि उनीहरुमा खटपट शुरु भयो । १५ लाख दिन्छु अन्तै विहे गर भन्दै दिपेन्द्रका वावु आमाले विनुलाई पहिले देखिनै धम्की दिदै आएका थिए । आफुलाई जुन सुकै बेला मार्न सक्छन् भन्दै दिदिले बिहेको प्रमाण स्वरुप दुई जना संगै खिचेको फोटो र बिवाह दर्ताको सिफारिसमा लेखिएको कागज पत्र आफुलाई सुरक्षित राख्न दिएको विनु संगै तानसेनमा बस्ने भाई भद्र सिंग सिजालीको भनाई छ ।
दुवैको मन्जुरीमा जिल्ला प्रशासन कार्यालयमा हुनुपर्ने बिहे दर्ता, दिपेन्द्रले नक्कली बनाएर विनुलाई दिएको माईतीले बताए । सिफारिसमा विनोद कार्की कानुन अधिकृृत भन्दै केटा र केटीको हस्ताक्षर गरिएको छ । तर अधिवतmा कार्कीभने आफुलाई यस बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिनुभयो । बिवाह दर्ता र नागरिकता बनाउन विनुले दिपेन्द्रलाई दवाव दिएपछि उनीहरुले त्यसो गरेको अर्का भाई डिवि थापाको अनुमान छ ।
गाउकै मास्टरका छोराले विनुलाई बिहे गरेपछि सबैतिर खुशियाली थियो, विनुका छिमेकी मन बहादुर सारुले भन्नुभयो कक्षामा बिधार्थी पढाउदा अन्र्तजातिय बिवाहले समाज बलियो बनाउछ भन्ने हेडसरले आफ्नै छोराले अन्र्तजातिय बिहे गर्दा पचाउन सक्नुभएन । दिपेन्द्रका वुवा लक्ष्मण बस्याल जनप्रिय मावि हेक्लाङका प्रअ र आमा पार्वती सोही बिधालयकी शिक्षिका हुनुहुन्छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses