भारतीय राष्ट्रपतिको भ्रमणमा चार सयको सङ्ख्यामा भारतीय कमान्डो टोली पनि आउने
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो ।
परराष्ट्रका एक अधिकारीका अनुसार शिष्टाचार महापालको नेतृत्वमा आएको भारतीय टोलीले नेपालका समकक्षीको टोलीसँग भ्रमण तयारीबारे जानकारी लिएका थिए । ‘कुनै पनि देशको विशिष्ट व्यक्तिको भ्रमण अघि गरिने यो सामान्य औचारिक प्रक्रिया हो’, परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँहरूलाई हामीले भ्रमणबारे भइरहेको तयारीको जानकारी गरायौँ ।’ ती अधिकारीका अनुसार टोलीले राष्ट्रपतिले भ्रमण गर्ने भनिएको पोखरा, जनकपुरलगायत स्थानको अवलोकन भ्रमण गर्नेछन् ।
परराष्ट्र मन्त्रालयनिकट स्रोतका अनुसार भारतीय पक्षबाट राष्ट्रपतिको भ्रमणका लागि करिब चार सयको सङ्ख्यामा भारतीय कमान्डो टोली पनि आउने छन् । ‘सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति भनेर होइन कि प्रोटोकलको कारणले हो,’ परराष्ट्रका ती अधिकारीले भने, ‘एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला पनि करिब दुई सयको सङ्ख्यामा कमान्डो टोली खटिएको थियो ।’
दुई दिनसम्म रहने करिब दर्जन अधिकारीको टोलीसँगको छलफलपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको अन्तिम तालिका सार्वजानिक गरिने छ । मुखर्जी भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक १७ मा तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भए पनि औपचारिक घोषणा भएको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses