अनौंठो सोखले हिरासतमा पुर्यायो
भक्तपुर- भक्तपुर -८ सुकुलढोकाका २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ पेसाले हयान्डी क्रयाफ्टका सेल्स म्यान हुन् । उनको गाडी चलाउने सोख सानैदेखिको हो ।
भक्तपुर नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका १० निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको कार, जिप मिनीट्रक, एम्बुलेन्स, शव वाहनलगायत सवारीसाधनमा उनले नक्कली साँचो प्रयोग गरी रातभर चलाएर अन्यत्रै छाडिदिने गर्थे । यसबाट सवारीधनीसँगै प्रहरीले समेत हैरानी खेप्नुपर्यो ।
साँझ राखिएका सवारीसाधन पार्किङस्थलमा नभएपछि दिनहुँ प्रहरीमा उजुरी पर्न थाल्यो । जिविस, जिल्ला प्रशासन, अदालत तथा प्रहरी कार्यालय परिसरकै पार्किङस्थलबाट सवारीसाधन हराउन थालेपछि प्रहरीले अनुसन्धान थाल्यो ।
गत असारयता मात्र १० सवारीसाधन पार्किङस्थलमा नभएको उजुरी परेपछि खोजी गर्दा बा२च ९०६६ नम्बरको पजेरो दरबार स्क्वायर क्षेत्रबाट चलाएर अन्यत्र लैजान लागेको अवस्थामा श्रेष्ठ पक्राउ परेको भक्तपुर प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश विष्टले बताए ।
निजी, सरकारी कार्यालय, अस्पताल र संघसंस्थाको सवारीसाधन पार्किङस्थलबाटै चलाएर अन्यत्रै लगी छाड्दा सम्बन्धित सवारीधनीले हैरानी खेप्नुपरेको थियो । श्रेष्ठको गाडी चलाउने सोख आश्चर्यजनक रहेको प्रहरीले जनाएको छ, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses