म्यानचेष्टर युनाइटेडले एन्फिल्डमा अंक बाँड्यो, माउरिन्होले भने–लिभरपुल अद्भुत होइन
२ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।
जर्गेन क्लोपको लिभरपुलसामू लगातार पाँच जित हात पार्दै म्यानचेष्टर सिटीको प्रदर्शनसँग बराबरी गर्ने मौका थियो । तर, जोजे माउरिन्होको टोलीले एन्फिल्डमा निकै डिफेन्सिभ र अनुशासित खेल प्रदर्शन गरेको छ र गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
खेलमा युनाइटेडले लिभरपुललाई मोमेन्टम बनाउने मौका नै दिएन । यद्यपि युनाइटेडका गोलकिपरले दोस्रो हाफमा दुई उत्कृष्ट बचाउ गरे । उनले इमरे कान र काउन्टिहोको प्रहार रोके ।
युनाइटेडको पनि गोल गर्ने उत्कृष्ट मौका दोस्रो हाफ नै थियो । तर, पल पोग्वाको पासलाई जान्टन इब्राहिमोभिचले सही दिशा दिन सकेनन् ।
खेलमा म्यानचेष्टर युनाइटेडको बल पोजेशन मात्र ३५ प्रतिशहत थियो, जुन २००३÷४ को सिजनबाट ओप्टाले डाटा रेकर्डिङ थाले यताकै कम हो ।
खेलपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक माउरिन्होले जति सञ्चार माध्यमहरुले भनेका थिए, लिभरपुल त्यस्तो अद्भुत नभएको बताए । यो नतिजा आफूहरुले चाहेको जस्तो नभएपनि विपक्षीलाई घरेलु मैदानमा ३ अंक जोड्न रोक्न सकेको भन्दै उनले सन्तोष व्यक्त गरे ।
प्रिमियर लिगको इतिहासमा दुई क्लबले बराबरी खेलेको यो दोस्रो पटक हो । यसअघि २००५ सेप्टेम्बरमा भएको थियो ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses