नेपाली कामदारको कोटा बढाउन कोरिया सहमत,हाल ३० हजार नेपाली कार्यरत

कार्तिक ६, २०७३- दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्यामा बढाउन सहमति भएको हो ।

परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् । कोरियामा अहिलेसम्म ४१ हजार ५ सय नेपाली कामदार गएका र तीमध्ये ३० हजार एक सयभन्दा बढीले अहिले पनि काम गरिरहेका उनीहरूले बताएका छन् । सहकार्यलाई मजबुद बनाउने विषयमा समेत छलफल भएको नेपाली पक्षको नेतृत्व गरिरहेका उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले बताए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses