नेपाली दिदी बहिनीहरुलाई चन्दा भण्डारीको अनुरोध, दिदी बहिनीहरु विदेश नआउनुस्

आदरणिय मेरा सम्पूर्ण साथीहरू तथा दिदी बहिनीलाई सर्ब प्रथम मेरो नमस्कार। म ईजिप्टमा घरेलु कामदारको रुपमा काम गर्ने महिला हुँ। म नेपाली दिदी बहिनीहरुलाई म के अनुरोध गर्न चाहान्छु भने। अब आउने दिनमा हाम्रा नेपाली दिदी बहिनीहरू विदेश नआउनु होला। नेपालका एजेन्टको कुरा नसुन्नु होस्। उनीहरुलाई विदेशको बारेमा केही थाहा हुँदैन केही रुपैयाँ पायो भने हरेक मिठो सपना देखाउछन्। यो कुरा सबैले बुझ्नु होला।म पनि ठुलो सपना देखेर विदेश आएँ। तर यहाँ आए पछि थाहा पाएँ कति दु:ख हुन्छ भनेर। २२ घन्टा सम्म काम गर्नुपर्छ। बिरामी भए पनि छुट्टीदिदैन। सानो गल्ती भयो भने हाम्रो ज्यान पनि जान सक्छ। होसियार बनेर कामगर्नु पर्छ। भनेको टाइममा तलव पनि पाउँदैन। यो कुरा कास्ले बुझ्छ? पैसा कमाएको मात्र देखिन्छ।पैसा कमाउँन कति गाह्रो हुन्छ भन्ने कुरा त विदेशमा बस्ने चेलीहरुलाई मात्र थाहा छ।

नेपाली दिदी बहिनीहरु लाई म केभन्न चाहन्छु भने।अब देखि कोही पनि नेपाली दिदी बहिनीहरू विदेश आउने गल्ति नगर्नुहोला। 

यहाँ नेपाली चेलीहरुले विदेशी केटासँग बिहे गरेर उसैको मिलो मतोमा अफिस ( म्यानपावर एजेन्सी) खोलेर नेपाली चेलिबेटीहरूलाई बेच्ने काम पनि गर्दा रहेछन्। भने जती कमिसन खान पाएनन् भने कुटपिट समेत गर्दा रहेछन्। अनि काम गर्न सकेन भने आँफै ३/४ लाख पैसा तिरेर नेपाल फर्कनु पर्ने अवस्था पनि हुने रहेछ। तिर्न सकेन भने कुटपिट गर्ने। मारेर फालदिन्छु भन्ने धम्कीहरु पनि दिने रहेछन्। यस्ता घटनाहरू दिन प्रति दिन भैरहेका छन्। कतै घरमालिकबाट त कतै एजेन्ट भनाउँदा मानव बेच्ने दलालहरूबाट।

यस्ता कहालि लाग्दा घटनाहरू समय यमयमा भई नै रहेका छन्। यसकारण हामी नेपाली चेलीहरूले समय मै सचेत हुनु पर्ने रहेछ। 

अर्को कुरा नेपाली दिदी बहिनीहरु विदेशीहरुसंग बिहे गरेर बस्दा रहेछन्। आफ्नो दिदी बहिनीहरूलाई ईज्जत गर्नु पर्छ भन्ने कुरा समेत थाहा नहुने रहेछ। पैसा र विदेशीको आडमा आफ्नै दिदी बहिनीहरुलाई धम्क्याउने, आर्थिक शोषण गर्ने, तलब नदिने, जस्ता कार्यहरु पनि गर्दा रहेछन्।

यो सत्य घटना हो मेरो बहिनीबाट सानो गल्ती हुँदा उसलाई कुवेतमा धेरै सजाई दिईयो। पैसा ९ सय केडी तिर्नुपर्ने। नतिरेको खण्डमा तेरो लास गाएब गर्छु भन्दै पिट्दै राखेको थियो। मलाई पनि यति पैसा दिन सक्दैन भने यो संसारमा तेरो बैनी छैन, भन्दै धम्की दिईयो। मैले रुनु भन्दा अरु के नै गर्न सक्थे र? म पनि पराई भूमिमा बन्दी जीवन जस्तै बाँचिरहेकी थिएँ। रुनु तड्पिनु बाहेक के नै गर्न सक्थें र? मेरो कुरा कसैले सुनिदिएन।

तर एकदिन मेरो साथी चुडामनि पोखरेल सर अनि पुष्कर धामी सर, वहाँहरुले भने मेरो कुरा सुनिदिनु भयो। परिवर्तनशिल सोच कुवेतका अध्यक्ष पुष्कर धामीले मेरी बहिनीको उद्दार गरिदिनु भयो। मेरो बहिनी सुना चामलिङ राई हो। आज म खुशी छु। मेरो बहिनीको बारेमा तर म विदेशमा छु। भोलिको दिनमा के हुने हो, थाहा छैन। तर नेपाली दिदी बहिनीहरुलाई मेरो एउटै मात्र अनुरोध छ, भुलेर कोही विदेश नआउनु होला मेरो अनुरोध छ नेपाली दिदिबहिनीहरुलाई।

चन्दा भन्डारी

सिन्धुपाल्चोक, सानो पाखर गाबिस ७ सोल्ढुङगा

हाल इजिप्ट, 
परिबर्तनसिल सोच सिन्धुपाल्चोक सदस्य

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses