महाअभियोग प्रस्तावको छलफल किन धकेलियो १५ दिन पछाडि ?

काठमाडौं, १० कात्तिक । व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबारदेखि सुरु भए पनि त्यसलाई १५ दिनसम्म पर धकेलिएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

छलफलमा बोल्न धेरै सांसदले नाम लेखाए पनि सभामुखले २५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।

तर, सभामुख ओनसरी घर्तीमगर एक्लैले यति लामोसमयसम्म बैठक सार्ने निर्णय भने लिएकी होइनन् ।

प्रमुख दलहरूकै सुझावमा सभामुखले वैठक पर सारेकी हुन् । नजिकिँदै गरेको तिहार, छठ पर्वलगायत कारण देखाउँदै संसद् बैठक १५ दिनपछि बोलाइएको हो ।

सत्तारूढ दल कांग्रेससँग सहमति नभएका कारण संसद् बैठक लामो समयलाई स्थगित गरिएको हो । संसद्को सबैभन्दा ठूला दल कांग्रेसले महाअभियोगको विषयमा आफ्नो निर्णय गर्न समय लगाएपछि संसद्मा महाअभियोगको छलफल पनि सरेको नेताहरूले बताएका छन् ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चाडबाड पनि परेको र दलहरूबीच सहमति जुटाउन पनि समय आवश्यक परेकाले बैठक पर सारेको जानकारी दिए ।

नेताहरूले दलीय सहमित जुटाउन बैठक लामो समयसम्म स्थगित गरेको बताए पनि स्रोतका अनुसार कांग्रेसले लोकमान नियुक्तिको विषयमा अदालतमा विचाराधीन रहेको र संसदमा महाअभियोग निष्कर्षमा पुग्नुभन्दा पहिला नै सर्वोच्चको फैसला आओस् भन्ने चाहेको छ ।

त्यसैले, कांग्रेसले यो विषयलाई लम्ब्याउन खोजेको हो । तर, महाअभियोग र सर्वोच्चको मुद्दा अन्तरसम्बन्धित छैनन् । मुद्दा योग्यताको विषयमा छ भने महाअभियोग कार्कीले प्रमुख आयुक्त भएपछि कानुनी शासनलाई चुनौती दिँदै गरेका कामसँग सम्बन्धित छ ।

यसबीचमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेले महाअभियोग पारित गराउन कांग्रेसलाई मनाउने पहल गर्ने बताएका छन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses