घरको आर्थिक स्थिति एकदमै कमजोर भएको कारण सानै उमेरमा दुबै कान बन्द भएकी मन्जु तामाङको उपचारका लागि सहयोगको अपिल ।
चिकित्सकका अनुसार जति सक्दो छिटो उनको कानको अप्रेसन गर्नु पर्ने र सर्जरी गर्नमा ढिलाइ गरिए बिस्तारै मन्जुको स्वर भासिंदै जाने र शरीर सुक्दै जाने समेत बताएपछि परिवार चिन्तित भएपनि आर्थिक अवस्थाको कारण मन्जुको उपचार गर्न सकिरहेका छैनन् ।
मन्जु आफ्नो उपचार हुन सके फेरि पुरानै अवस्थामा फर्किन सक्ने आशा रहे पनि पैसाको अभावमा आफ्नो उपचार हुन नसकेपछि मृत्युलाई कुर्नु सिवाय अन्य बिकल्प केही नरहेको बताउंछिन् । कसैको दया,धर्म म माथि पलाएर सहयोग गरे आफु ठिक हुने बिश्वास भएपनि अहिले सम्म कतैबाट सहयोग नपाएकोले विभिन्न संघ-संस्था,देश-परदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदी बहिनीहरुमा आर्थिक सहयताको लागि समेत अनुरोध गरेकी छिन् ।
सहयोग र अन्य बिस्तृत जानकारीका लागि मन्जुको अभिभावक चमारसिंह तामाङको सम्पर्क नम्बर००९७७९८१८६६२९१०)मा सम्पर्क गर्न सक्नु हुनेछ ।- (नेरुत्ता मोक्तानको सहयोगमा)
साभार: सैलुङअनलाइन ।हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses