यी ४ बर्षे बालकको दुःख : आमाले दोस्रो विहे गरिन्, बाबु गुमाए , अस्पतालमा छन् तर, उपचार गर्ने पैसा छैन

जाजरकोट– एउटा चार बर्षको बालक । जो अस्पतालमा उपचारका लागि भर्ना भएको छ । तर, उपचार गर्ने पैसा छैन । यी बालको दुख यति मात्र होइन, उनलाई हुर्काउने पर्ने दायित्व राख्ने बुबा–आमा नै छैनन् । बुवाको विरामी परेर मृत्य भयो, आमा चाहिँ दोस्रो विहे गरेर हिँडिन् ।

जाजरकोट खगेनकोट–९ मंसीरीका ४ बर्षीय सविन केसीको आर्थिक अभावले उपचार हुँन सकेको छैन् । आमा गीता केसीले दोस्रो विहे गइन् । वावु जनक खत्री ५ वर्ष पहिले भारतमा मजदुरी गदै गर्दा मृत्यू भएको थियो । वालकलाई उपचार गर्न मुस्किल भएको हो । मावलीले हेरचार गरेका छन् । तर, मावलीको पनि आर्थिक अबस्था राम्रो छैन ।

कोहलपुर दश्मिका अस्पालमा उपचार भैरहेको छ ।

पाँच दिन अघि मंसीरी घरमा भैसीले टेकेर खुट्टा भाँचिएका वालक सविन केसी अहिले कोहलपुरस्थित अस्पतालमा छन् । तर, आर्थिक अभावले उपचार हुन सकेको छैन ।

वालकको वावुको स्थायी घर सक्ला–१ लैखममा छ । लैखममा रहेको काकाहरुले समेत वच्चाको वेवास्ता गदै आएका छन् ।

आमाले नायकवाडा गाविसको जिरीमा भण्डारी थरका व्यक्तिीसंग दुई वर्ष अघि विहे गरेर गएकी हुन् । वालक सविन माउली घर खगेनकोट– ९ मंसीरीमा वस्दै आएका थिए । मावलीले ऋण खोजेर अस्पतालसम्म ल्याएका हुन् ।

अस्पतालले करिव ६० हजार खर्च लाग्ने बताएको छ । मावलीले आधा जति पैसा जम्मा भएको, अरु ३० हजार जति संकलन भएपछि बालकको अप्रेशन हुने पुनले बताए ।

वालकलाई खाना खुवाउनको लागि आवश्यक पर्ने रकम नै नभएको मावली सुरेश पुनले बताए । मामा पुनले भान्जको जीवन वचाउन सहयोगको याचना गरे । ‘सवैको घरमा तिहार आएपनि मेरो घरमा भने भान्जको चिन्ताले केही नआएझै भएको छ’ सुरेशले भने ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses