एउटा कार्यक्रममा एक किशोरीले प्रमाणसहित तपाई कसरी राष्ट्रवादी भयो भनेर प्रश्न गरेपछि ओली अक्क न बक्क (भिडियो सहित) हेर्नुहोस्
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट बाहिरिएपछि बुधबार पहिलो पटक पत्रकारसँग गफिदै थिए । एमाले कार्यालय धुम्बाराहीमा अध्यक्ष ओलीले सत्तारुढ दल माओवादी केन्द्र र काँग्रेसलाई रिमोटबाट चलिरहेको आरोप लगाए । एकपछि अर्को तुफानी जवाफ दिइरहेका ओलीका लागि एक किशोरीले सोधेको प्रश्न भने निकै भारी पर्यो ।
कञ्चन न्यौपानेको प्रश्न थियोः भारतीय दुतावासले नेपालको जुनसुकै ठाऊंमा स्वविवेकले ५ करोडसम्म लगानी गर्न पाउंछ । यसका कारण दुतावास समानान्तर सरकार भइरहेको छ । राष्ट्रवादी तपाई प्रधानमन्त्री हुँदा दुतावासलाई दिइएको अधिकार फिर्ता लिनुको साटो तपाई संरक्षक रहेको मदन भण्डारी फाउण्डेशनले दुतावासबाट करोडौं लियो । तपाईको राष्ट्रवाद के हो ?
ओलीले धेरै प्रश्नलाई भकुण्डो उडाएजस्तो उडाइरहेका थिए । हस्यौली पारामा विपक्षीलाई दनक दिंदै उनि प्रश्नोत्तरमा रमाइरहेका थिए । कार्यक्रमको अन्त्यतिर गरिएको यो प्रश्नको उत्तरमा उनी नरम देखिए । उनले भने, ‘कहाँको राष्ट्रवादीको कुरा कहाँको दुतावासको लगानीको कुरा । नाकावन्दी थियो । विषय अन्तै केन्द्रीत भयो । सबै कुरा एकैपटक हुंदैन ।’
ओली संरक्षक रहेको, राष्ट्रपति विद्या भण्डारी संस्थापक तथा राष्ट्रपतिपुत्री उषाकिरण वर्तमान अध्यक्ष रहेको मदन भण्डारी फाउण्डेशनले दुतावासबाट लिएको भनिएको करोडौं रकमका बारे ओलीले केही उच्चारण गरेनन् ।
साभार: नेपाल आज
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses