हेटौंडामा आगलागी : घाइते हुनेको संख्या ४० पुग्यो
हरि हुमागाईं/उज्यालो ।
मकवानपुर, कात्तिक १० – मकवानपुरको हेटौडा– ५ कान्तिराजपथमा रहेको नापी कार्यालयको भवनमा बुधबार दिउँसो भएको आगलागी ४० जना घाइते भएका छन् । नापी कार्यालयमा आगो लागेपछि दुई तीन तला माथिबाट हामफाल्दा घाइते हुनेको संख्या ४० पुगेको छ । घाइते मध्ये २० जनालाई हेटौडा अस्पतालमा, १४ जनालाई अर्थोपेडिक अस्पतालमा, ५ जनाको चुरेहिल अस्पतालमा र गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताउनुभयो ।
ग्यास सिलिण्डर लिक भएर आगलागी भएको प्रहरीले आशंका गरेको छ । भुँईतलाको पसलमा रहेका दुईवटा ग्यास सिलिण्डर पड्किएका कारण सिलिण्डरबाटै आगो लागेको आशंका गरेपनि एकिन नभएको मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो ।
आगलागीका कारण नापी कार्यालय बसेको दोस्रो तला, भुँईतलाको हार्डवयर पसल, होटल र ट्रयाक्टर शोरुममा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी सम्पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
साभार: उज्यालो अनलाइन
साभार: उज्यालो अनलाइन
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses