पूर्वप्रधानमन्त्री भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा

हङकङ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ ।

भट्टराईले यो नेपालीहरुमाथिको अपमान भएको भन्दै यसबारे चीनसँग गम्भीर कुरा गर्ने बताएका छन् ।

चीनमा भएको सिल्क रोडसम्पन्धी सम्मेलनममा सहभागी भएर पूर्व प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र स्वकीय सचिव विश्वदीप पाण्डेसहित हङकङ पुगेका थिए ।

एक घन्टा वित्न लागिसक्यो केही गर्दैन । भर्चुअल कस्टडीमा राखेको जस्तो भो- बाबुराम  भट्टराई

तर, हङकङ अध्यागमनमा रोकिएका छन् । भट्टराईले बताए अनुसार उनलाई सरकारले रातो पासपोर्ट दिएको छ । तर, अधिकांश समयमा हरियो पासपोर्ट नै प्रयोग गर्ने गर्छन् ।

हरियो पासपोर्ट देखेपछि हङकङ अध्यागमनका अधिकारीहरुले तीनै जनालाई अर्को कोठातिर इशारा गर्‍यो । ‘सजिलैसँग पठाउने भएछ’ भन्ने लागेर आफूहरु पनि गएको हङकङमा भएको एक कार्यक्रममा उनले सुनाए । भट्टराईले भने, जाँदा त कहाँ लग्यो भने पिपुल इन कस्टडी/पिपुल अण्डर इन्भेष्टिगेशनमा लगेर राख्छ । हामी त दंग पर्‍यौं ।’

भट्टराईले बताए अनुसार त्यहाँ उक्त कोठामा राखेका उनीहरुलाई कुनै सोधपुछ भने गरेन । ‘एक घन्टा वित्न लागिसक्यो केही गर्दैन’ भट्टराईले भने, भर्चुअल कस्टडीमा राखेको जस्तो भो ।’

उनले अघि भने, अलिअलि त सुनिथ्यो हरियो पासपोर्टबारे । हामी जस्तो मान्छेलाई त गर्‍यो भचने अरुको के होला भन्ने भएपछि के खोज्या भनेर कस्सिएँ ।’

त्यसपछि अध्यागमनका अधिकारीहरुले सरी मात्र भनेको तर, के गल्ती भयो भन्दा केही नभनेको उनले बताए । अध्यागमनका अधिकारीहरुले हरियो पासपोर्ट देख्नासाथ भित्र नहेरी अर्को कोठा (कस्टडी रुम) मा लगेको भट्टराईका स्वकीय सचिव पाण्डेले अनलाइनखबरलाई बताए ।

नेपालकै अपमान हो, चीनसँग कुरा गर्छु 

पूर्व प्रधानमन्त्री भट्टराईले यो नेपाली पासपोर्ट र राष्ट्रकै अपमान भएको बताए । साथै यसबारे चीन सरकारसँग गम्भीर ढंगले कुरा उठाउने बताए ।

नेपालीहरु लुकेर शरणार्थी हुने गरेकाले कडा गरेको भन्ने सुनेको भन्दै उनले नेपालमा झण्डै एक लाख तिब्बती शरणार्थी रहेको बताए । उनले भने, हाम्रो यहाँ कति २/४ हजार होला ।’

धनी गरिव जे भएपछि राष्ट्रिय स्वाधिनता र सम्मान बराबर भएको बताए । उनले भने, नेपालीको सम्मान गर्नुपर्छ । गरिव नै भएपनि शीर ठाडो पारेर बाँच्नुपर्छ ।’

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses