सिराहामा बस र ट्रक ठोकिँदा तीनको मृत्यु, १३ घाइते
४ कात्तिक, सिराहा । सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
गएराति साढे १२ बजे सिरहाको मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक आपसमा ठोकिँएका थिए।
मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ ट्राफिक प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय रेखा नर्सिङ्गहोममा उपचार भईरहेको सिराहा प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका दुबै सवारी साधनका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses