शल्यक्रिया गरेर बच्चा जन्माउँदा यस्ता बेफाइदा

प्रियंका विक, स्टाफ नर्स, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा शल्यक्रिया गरेर बच्चा जन्माउने समय र त्यसपछिको समयमा अत्यधिक रक्तश्राव हुन्छ । अत्यधिक रक्तश्राव व्यवस्थित तरिकाले रोक्ने वातावरण नबन्दा आमाको ज्यानै पनि जान सक्छ ।शल्यक्रिया गरेर बच्चा जन्माउँदा काटेको घाउ पाक्ने खतरा बढी रहन्छ । सरसफाइमा ध्यान दिइएन र घाउ पाक्यो भने किटाणु संक्रमणको खतरा रहन्छ । संक्रमणले शरीरमा रोग निम्त्याउन सक्छ ।शल्यक्रियाबाट बच्चा जन्माउँदा आमाको शरीरका विभिन्न भागमा रगत जम्ने खतरा पनि रहन्छ । गोडा र फोक्सोमा रगत जम्ने समस्या बढी देखिन सक्छ । यसले श्वासप्रश्वासमा समस्या निम्त्याउने, नसा डल्लो पर्नेलगायत हुन्छ ।शल्यक्रिया गर्नुअघि बेहोस बनाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो औषधिले वाकवाकी लाग्ने, बान्ता हुने, नराम्रोसँग टाउको दुख्नेजस्ता समस्या ल्याउन सक्छ ।शल्यक्रिया गरेर बच्चा निकाल्दा पेट र पाठेघरको लद्देयर चिर्नुपर्ने हुन्छ । यसो गर्दा चिरिएको भागआसपासका अंगमा चोटपटक लाग्न सक्छ । थोरै मात्रै गडबडी भएर पिसाबथैली, मिर्गौलालगायत महत्वपूर्ण अंगमा चोटपटक लागे सामान्य अवस्थामा पनि पिसाब चुहिरहने समस्या देखिन सक्छ ।एकपटक शल्यक्रिया गरेर बच्चा जन्माएकी आमाले अर्कोपटक बच्चा जन्माउँदा पनि शल्यक्रिया नै गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ । दोस्रोपटक पनि शल्यक्रिया गर्दा आमाको स्वास्थ्य थप कमजोर बन्न जान्छ ।शल्यक्रिया गरेको केही समय अस्पतालमै रहनुपर्ने बाध्यता रहन्छ । यो अवस्थामा पारिवारिक माहोल नहुन सक्छ । सुत्केरी स्याहार पनि अनुकूल नहुन सक्छ । शल्यक्रियाबाट बच्चा जन्माउँदा आमालाई मात्रै होइन, बच्चालाई पनि समस्या पर्न सक्छ । बच्चामा देखिने सबैभन्दा ठूलो समस्या भनेको रोगप्रतिरोधात्मक क्षमता कम हुनु हो । यस्ता बच्चामा श्वासप्रश्वासमै पनि समस्या देखिन सक्छ । दम, एलर्जी हुन सक्छ । यो पनिशल्यक्रिया गर्नु नपर्ने अवस्थामा पनि कतिपय गर्भवती र उनका परिवारले अल्पकालीन सहजताका लागि शल्यक्रियाबाटै बच्चा जन्माइदिन चिकित्सकलाई दबाब दिने गरेको धेरै उदाहरण हुन्छन् । सम्बन्धित चिकित्सकले पनि अत्यावश्यक अवस्थाबाहेक सामान्य डेलिभरीमै जोड दिनुपर्छ । शल्यक्रिया गर्नैपरे स्वास्थ्यमा कम असर पर्नेतर्फ जोड दिनुपर्छ ।शल्यक्रिया गरेको बच्चाको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
 <<शल्यक्रिया गरेर बच्चा जन्माउँदा यस्ता बेफाइदा>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , , ,

0 comments

Write Down Your Responses