मोटो शरीर घटाउने चाहनुहुन्छ ? जान्नुहोस्, यस्ता ६ तरिका
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ
गुलियोमुक्त परिकार
मोटो हुनुहुन्छ र तौल घटाउने योजनामा हुनुहुन्छ भने गुलियोमुक्त परिकार खानुहोस् । गुलिया परिकार र मिठाई नखाँदा मोटोपन घटाउन ठूलो सहयोग मिल्छ । चिनी र चिनीबाट बनेका मिठाइजन्य परिकार गुलियो वर्गमा पर्छन् । कार्बोहाइड्रेडको मात्रा बढी हुने अन्नबाट बनेका परिकार पनि कम उपभोग गर्नुपर्छ ।
चिल्लोरहित खाना
मोटोपन बढाउन चिल्लो खानाले भूमिका खेलेको हुन्छ । त्यसैले चिल्लोरहित खानामा जोड गर्नुहोस् । घिउ, नौनी र बोसो खानामा समावेश गर्नै छाड्नुहोस् । तरकारीमा तेल प्रयोग गर्दा कम राख्नुहोस् । धेरै फ्राई गरेको खानाले मोटोपन बढाउ“छ ।
सलादमा जोड
पेट खाली राखेर मोटोपन घटाउन खोज्नु अर्को घाटा हुन सक्छ । त्यसैले शरीरलाई आवश्यक शक्ति प्रदान गर्दै मोटोपन घटाउनुपर्छ । यसका लागि मोटोपन नबढाउने, तर शक्ति दिने फलफूल, सलाद खानुपर्छ । खाना कम गर्न खाना खानुअघि एक कचौरा हरियो सलाद खान सकिन्छ । बेलुकाको खानामा दुईवटा सुक्खा रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खान सकिन्छ । दिउँसो भोक लाग्दा फलफूल र प्रशस्त मात्रामा पानी पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउँदा लाभ गर्छ ।
नियमित व्यायाम
शारीरिक व्यायामले तौल घटाउन र तन्दुरुस्त राख्न भूमिका खेल्छ । हरेक दिन एक घन्टा पसिना निकाल्ने गरी
हिँड्नुपर्छ । सहरी इलाकामा बस्नेले यो उपाय अपनाउन सक्छन् । गाउँघरतिर बस्नेले पर्याप्त मात्रामा खेतबारीमा काम गर्दा पनि कसरत पुग्छ । विभिन्न खेलकुद र पौडीमा नियमित सहभागी हुँदा पनि तौल घट्छ ।
अम्मल त्याग
अम्मल सेवनले मोटोपन बढाउन भूमिका खेल्छ । यसले शरीरलाई अस्वस्थ गराएर मोटोपनलाई बढावा दिन्छ । त्यसैले धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवन रोक्नुपर्छ । अम्मल त्याग्दा विभिन्न समस्या निम्तिन सक्छन् । यी समस्यालाई योग, ध्यान र प्राणायाम गरेर अन्त्य गर्न सकिन्छ । योग, ध्यान र प्राणायामले तनावमुक्त पनि गराउँछन् । मोटोपन बढाउने एउटा कारण तनाव पनि हो ।
सुत्ने–उठ्ने
सुत्ने र उठ्ने समयले पनि मोटोपन नियन्त्रणमा असर गर्छ । सुत्ने–उठ्ने समय अनियमित हुँदा स्वास्थ्यमा असर गर्ने र मोटाउने हुन्छ । कम या धेरै सुत्नु दुवै हानिकारक हुन्छ । दैनिक ६ देखि ८ घन्टा सुत्नु पर्याप्त हुन्छ । यसैगरी राति कतिवेला सुत्ने र बिहान कतिवेला उठ्ने भन्ने पनि सँधै एउटै रुटिन बनाउनु उत्तम हुन्छ ।स्रोत : रातो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses