यी कुरा, जसले तपाईको यौन जीवन खल्लो बनाउँछ

दाम्पत्य सुखको एउटा हिस्सा हो, यौन सम्बन्ध । स्वास्थ्य र सक्रिय यौन जीवनले दाम्पत्य जीवनलाई बलियो बनाउँछ । सुमधुर बनाउँछ । र, सुखी पनि ।
तर, यौन सम्बन्धका लागि एकजनाले मात्र इच्छा गरेर पुग्दैन । यसमा दुबैको समान सहभागी हुनुपर्छ, मानसिक तथा शारीरिक रुपले । यौन सम्बन्ध तब मात्र आनन्ददायक हुन्छ, जब दुबै पार्टनर त्यसका निम्ति तयार हुन्छन् ।
यद्यपी सधै यस्तो हुँदैन । कहिले कहिं पति/पत्नीमध्ये एकजनामा यौनइच्छा हुँदैन । पार्टनरले जबरजस्ती गर्दा उनीहरुबीच मनमुटाव हुन सक्छ । खासगरी महिलाहरु यौन सम्पर्कका लागि त्यती रुची राख्दैनन् । किन ?यसको पछाडि केहि कारण हुन्छ । जस्तो कि, महिलामा हुने हर्मोनको परिवर्तनले पनि उनीहरुमा यौनइच्छा घट्न सक्छ । त्यसबाहेक केहि यस्ता आनीबानी हुन्छ, जसले यौन जीवनमा तगारो हाल्छ ।
शरीर तन्दुरुस्त नहुनु
शरीर स्वास्थ्य र तन्दुरुस्त छ भने नै, सक्रिय यौन सम्बन्ध स्थापित गर्न सकिन्छ । अक्सर यौन सम्पर्कका लागि शारीरिक रुपमा पनि तन्दुरुस्त हुनु आवश्यक छ । यसका लागि व्यायम गर्नुपर्छ । व्यायामले शरीरमा यस्तो हर्मोन प्रवाह गराउँछ, जसले भित्रैवाट खुसी पैदा हुन्छ । यदि तपाई व्यायाम गर्नुहुन्न भने, त्यसको असर तपाईको शयनकक्षामा पनि पर्छ ।
निन्द्रा पुरा नहुनु
महिलाहरु घरको कामकाजमा व्यस्त रहन्छन् । त्यही कारण उनीहरु आफ्नै लागि समय पाउँदैनन् । घरधन्दाको चटारोले गर्दा पनि उनीहरु राम्ररी निदाउन पाउँदैनन् । यसले उनीहरुमा शारीरिक सम्बन्ध बनाउने इच्छा मर्दै जान्छ ।
डिहाइड्रेशन
डिहाइड्रेसनले पनि यौन इच्छामा कमी ल्याउँछ । पर्याप्त पानी वा झोलयुक्त पदार्थको कमीले शरीरमा डिहाइड्रेसन हुन्छ । त्यसैले यौन जीवन सक्रिय बनाउनका लागि पानी पनि पर्याप्त पिउनु आवश्यक हुन्छ ।
अस्वस्थ्यकर खानपान
छिटो छरितो भोक मेट्नका लागि बजारमा पाइने अस्वस्थ्यकर खानेकुरा खाइन्छ । अहिले जंकफूडको लत पनि धेरैलाई हुन्छ । यसले यौन जीवनमा असर गर्छ ।अझ बडी जानकारीका लागि तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस ;
<<यौन जीवन खल्लो बनाउँछ?>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses