अल्ट्र धावीका मीरालाई विभिन्न सस्थाद्धारा सम्मान(भिडियो सहित)

नेशनल ज्याग्राफीले विश्वभरिको शाहसी व्यक्ति मध्येबाट छनौट गरेको अल्ट्र धावीका मिरा राईलाई न्युयोर्कमा नेपाल सरकारको तर्फबाट र अन्य विभिन्न सस्थाले सम्मान गरियो । कार्यक्रममा मीरालाइ नेपाल सरकारको तर्फबाट नेपाली महाबाणिज्यदुताबास न्युयोर्कका बाणिज्यदुत दुत कृषु क्षेत्रीले सम्मान पत्रका साथ सम्मान गरेका थिए ।त्यस्तै सस्थाहरुमा युएस नेपाल क्लाइबर्स एसोसियनका अध्यक्ष पासाङरिन्जी शेर्पा र सल्लाहकार भेनिसा ओबरायले सम्मान पत्रका साथ सम्मान गरेका थिए । युनाइटेड किरात राई अगनाइजेसन अफ अमेरिकाका केन्दि्रय अध्यक्ष विष्णु राई र सल्लाहकार शुरेश चाम्लिङ राईले सम्मान पत्रका साथ सम्मान गरेका थिए । भोजपुर नेपाली समाजका अध्यक्ष लिला राई र सल्लाहकार रुद्र राउतले पनि सम्मान पत्रका साथ सम्मान गरियो ।कार्यक्रममा एनआरएन न्युयोर्क च्याप्टरको तर्फबाट अध्यक्ष तेम्बा शेर्पाले च्याप्टरद्धारा संकलित एक हजार एक डलर नगद, किरात सोसाइटीले नगद एक हजार एक र इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख प्रशिक्षक पार्खी राइले नगद दुई सय डलर सम्मान स्वरुप प्रदान गरियो । त्यस्तै मीराको अभियानमा फेसबुक मार्फत लाइभ गरि सहयोग गदै आएका फोटोहेरा डटकमका फोटोग्राफर आङकामी शेर्पाले मीरालाई आइफोन सिक्सएस उपहार प्रदान गरेका थिए ।युनाइटेड किरात राई अगनाइजेसन अफ अमेरिकाका केन्दि्रय अध्यक्ष विष्णु राईको सभापतित्वमा तथा बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किरात राई सोसाइटी न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राई, मनाङ समाज युएसका प्रतिनिधि कर्मा गुरुङ, युनाइटेड किरात सोसाइटी न्युइगल्याण्ड च्याप्टरको अध्यक्ष मुक्तिनारायण राई, जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका महासचिव महेश मल्ल, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा, आदीबासी महिला महासंघका अध्यक्ष संगीनी राणामगर, कनेटिकट नेपाली समाजका प्रतिनिधि जय राई, युएस नेपाल क्लाइबर्स एसोसियसनका सल्लाहकार आङछिरिङ शेर्पा , युनाइटेड किरात राई अगनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशब राम राई, एडवानका सस्थापक विष्णुमाया परियार, टान नेपालका प्रतिनिधि सरिता लामा, सोसाइटीका सल्लाहकार शुरेश चाम्लिङ, जन सम्पर्क समिति केन्द्रिय महासचिव मुनिन्द्र नेम्हाङ , युएस नेपाल क्लाइबर्स एसोसियसनका सल्लाहका भेनिसा ओबरेन, एनआरएन अमेरिका पुर्व अध्यक्ष शिव कुमार राईले मीरा राईलाई बधाई शुभकामना दिएका थिए ।‘ मेरो संघर्ष मात्र होइन नेपालदेखि विश्वभरिमा रहेका सवै नेपालीहरुले ४४ दिनसम्म गरिदिएको भोटिङले मैले यो सफलता मिल्यो ’ मीराले भने—‘ मलाई यहासम्म पुर्‍याउने सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ’ मिरा राईले भने—‘ यो सफलतापछि अब यसैमा निरन्तर लाग्दै गाउबस्तीमा रहेका म जस्ता महिलाहरुलाई सहयोग गर्ने योजना बनाएको छु’ । उनले थपे—‘ मलाई जस्तो सहयोग अबको दिन अन्य नेपाली महिलाहरुले दिनका लागी अनुरोध गर्दछु’ । कुनै समय माओवादी छापामारको रुपमा पाटी प्रबेश गरेका मीराले गाउको डाडापाखामा गरेको अभ्यासको कारण यो सफलता मिलेको बताउछन । ‘द्धन्दकालमा पाटीमा प्रबेश गरेपछि मैले त्यतिखेर धेरै कुराहरु सिक्न पाए ’ उनले बताए । घुडामा भएको समास्याको कारण ७ महिना आराम गरेपछि अब चाडै दौडिने सोच राखेकी मिराले दौडिनु चाहने महिलालाई सहयोग गर्ने सोचाई राखेको बताएकी थिइन ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<अल्ट्र धावीका मीरालाई विभिन्न सस्थाद्धारा सम्मान>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses