साउदी अरबमा बुनेको सपना,सुकुम्बासी टोलमा घर बनाउनै नपाई गोलीको शिकार
आनन्दबजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतम तीन महिनाअघि मात्रै बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । साउदीमा दुई वर्ष बसेर फर्किएका गौतमले सुकुम्वासी बस्तीमा एउटा सानो, कच्ची घर बनाउँदै थिए ।
निर्माणाधीन घर र परिवारजनको अधुरो सपनालाई असरल्लै छाडेर गोविन्द सधैंका लागि विदा भएका छन् । एउटा सानो घरका लागि तीनपुस्तासम्म संघर्ष गर्नुपर्ने नियतिबाट गोविन्दका ७२ वर्षीय पिता खेमलाल गौतम दलिनले जस्तै थिचिएका छन् ।एसएसबीको गोली लागेर बिहीबार मृत्यु भएका गौतम अब कहिल्यै नफर्कने गरी गएका छन् । र, उनको परिवारमा चाहिँ कहिल्यै नजाने गरी विपतका दिनहरु आएका छन् ।घरमा ७२ वर्षीय वृद्धबुवा खेमलाल गौतम, उस्तै उमेरकी आमा हरिदेवी गौतम छन् । जवान श्रीमती सुशीला गौतम र तीनजना नावालिक छोरीहरु छन् ।आशिका गौतम (१० वर्ष), आकृति गौतम (७ वर्ष) र आसुम गौतम (३ वर्ष) ले आफ्ना अविभावक पिता दुई वर्ष साउदीमा रहँदा त छोरीहरुले पर्खिएकै थिए, तर अब जति पर्खे पनि नआउने बाटोमा गएका छन् उनी ।
भविश्यमा सुखी जीवन जिउने र फूलजस्ता छोरीहरुलाई उचित शिक्षा दिने सपना साँचेर गोविन्द अरबको मरुभूमिमा पसिना बगाउन गएका थिए । तर, नियतिले उनलाई विदेशमा बगेको पसीना ओभाउन नपाउँदै आफ्नै देशको सीमानाकामा रगत बगाउन लेखेको रहेछ ।
बिहीबार भारतीय सुरक्षाकर्मीको गोली कम्मरमा लागेपछि उपचारका लागि धनगढी पुर्याउँदा नपुर्याउँदै गोविन्दको अत्यधीक रक्तश्रावका कारण ज्यान गयो ।
गोविन्दका बुबातीन दाजुभाइ र १ बहिनीमध्ये गोविन्द माइला छोरा हुन् । सामान्य लेखपढ मात्रै गरेका उनी घरको स्थिति नाजुक भएका कारण केही पैसा कमाउने आशमा साउदी पुगेका थिए । र, तीन महिना अघिमात्रै स्वदेश फर्केर सुकुम्वासी बस्तीमा सामान्य कच्ची घर निर्माणको तयारीमा लागेका थिए ।
स्थानीय नमूना प्राथमिक विद्यालयमा अध्ययनरत छोरीहरुलाई राम्रो स्कुल पढाउने गोविन्दको सपना अब सपनामा मात्रै सीमित भएको छ । सुशीलाको सिउँदो पुछिएको छ, आमा-बुबा भावविह्वल भएका छन् ।अत्यन्तै मिजासिला र भद्र स्वभावका गौतमको मृत्युको खबरले माछापुच्छ्रे सुकुम्वासी टोल मात्रै होइन, पुरै कञ्चनपुर स्तब्ध भएको छ ।
गौतमलाई राम्रोसँग चिनेका स्थानीय पत्रकार हेमन्त न्यौपाने गौतम हक्की र निडर स्वाभावका भएको बताउँछन् ।माओवादीले दिएको जानकारी अनुसार उनी माओवादी केन्द्रका नगरस्तरीय कार्यकर्ता थिए ।गोविन्द गौतम सुकुम्बासी टोलका ‘सर्बहारा’ युवा हुन् । उनको सपना खासै ठूलो थिएन, ओत लाग्ने एउटा सानो घर होस्, छोरा-छोरीलाई पठाउन सकियोस्, बूढा भएका बुवा-आमालाई स्वास्थोपचार गर्न सकियोस् ।तर, यति सामान्य उदरस्थ सपना पूरा गर्नका लागि पनि गोविन्दजस्तै गरीबका छोराले विदेशमा वर्षौं हड्डी खियाउनुपर्ने बाध्यता छ । नेताहरु देशमा लोकतन्त्र, गणतन्त्र र संविधानले दिएका अधिकारबारे प्रवचन दिइरहेका छन् ।तर, आनन्दबजारको माछापुच्छ्रे सुकुम्बासी टोलमा सपनाहरुको यसैगरी निर्मम हत्या हुने गरेको छ, चाहे विदेशी गोलीले होस् वा स्वदेशी गरीबीले ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<साउदी अरबमा बुनेको सपना>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses