शुक्रकीट दान गर्ने युवालाई 'आइफोन' उपहार

चिनियाँ सरकारले २० देखि ४५ बर्षका युवाका लागि एउटा विशेष अफर घोषणा गरेको छ । चीन सरकारले दिएको अफर यो छकी आफ्नो शुक्रकीट दान गर्ने प्रत्येक युवकलाई निशुल्क गोल्ड आइफोन दिइने छ । यो चीन सरकारले युवाका लागि धेरै संवेदनशील आग्रह गरेको छ ।सरकारले भनेको छ, ‘कृपया आफ्नो देशका लागि शुक्रकीट दान गर्नुहोस ।यस कार्यका लागि चीन सरकारले सामाजिक सञ्जालको साहरा समेत लिएको छ । सरकारले सााजिक सञ्जालमा केही खेलहरु अपलोड गरेको छ । यी सबै खेल सकिएपछि शुक्रकीट दान गर्नेलाई एक हजार अमेरिकी डलर वा एक गोल्ड आइफोन प्रदान गरिने अफरको सूचना सम्प्रेणष गरिएको छ ।भनिन्छ चीन दिनदिनै बूढो हुँदै गइरहेको छ । काम गर्ने मान्छेको कमी भइरहेको छ । थुप्रै चिनियाँहरु सन्तान जन्माउँन चहादैनन् । चीन सरकारले भनेको छकी साँस्कृतिक र राजनीतिक कारणले स्वइच्छाले शुक्रकीट दान गर्ने युवाहरुको कमीले गर्दा चीनको शुक्रकीट बैंकमा यसको कमी भइरहेको छ ।
'अपरिचित पुरषको शुक्रकीटबाट गर्भ धारण गर्नु कन्फ्युसियसको सिद्धान्तको अवहेलना गर्नु हो' भन्ने धारणा चिनियामा व्याप्त छ । कन्फ्युसियसलाई चीनमा देवता मानिन्छ । यसै कारणले चिनियाँ युवा पनि आफ्नो शुक्रकीट दान गर्नुलाई नैतिक मान्यता विपरितको कार्य मान्दछन् । चीन सरकारको योजना यो छकी गम्भीर संकट आउनु भन्दा पहिला नै देशलाई जवान अवस्थामा कायम राख्नका लागि कृत्रिम गर्भाधानको उपाय अपनाउनु पर्छ ।पछिल्लो समय चीनको जनसङ्ख्या घट्दोक्रममा रहेको छ । पुरानो पुस्ता बूढो हुँदै जाने र नयाँ पुस्ताको जन्म निकै कम हुने भएकाले यसले भविष्यमा देशमा शक्रीय जनशक्तिको संकट उत्पन्न हुनसक्छ । यही कुरालाई मध्यनजर गर्दै पछिल्लो समय चीनले जनसङ्ख्या वृद्धिका लागि विभिन्न नीति अगाडि सारिरहेको छ ।स्रोत : अन्नपूर्ण पोस्ट

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses