रिक्सा चालक महिलाको मार्मिक कथा

पछिल्लो समयमा महिलाहरु चुल्होचौका र परिवारमात्रै सम्हाल्नुपर्छ भन्ने मान्यताबाट विस्थापित हुदै गएका छन् । शहरबजारदेखि गाउघरका महिला समेत आत्मनिर्भर बन्ने बाटो पहिल्याउन थालेका छन् । यसैको एक उदाहरण बेनकी छन् – कपिलबस्तु चन्द्रौटाकी गोमा न्यौपाने ।
कम लगानीमा स्वरोजगार बन्न चाहानेहरुका लागि अटो रिक्सा रोजाई बनेको छ ।कपिलवस्तुको शिवराज नगरपालिका भित्रको शिवगढी ई—रिक्सा यातायात व्यवसायी संघमा करिब ८७ रिक्सा चल्छन् । यहाँ चल्ने रिक्सा सबैजसो पुरुषहरुले मात्रै चलाउँदै आएका थिए, तर पछिल्लो समयमा चन्द्रौटा बजारमा एक महिलाले पनि रिक्सा चलाउन थालेकी छिन । उनी हुन गोमा न्यौपाने ।
अरुकै रिक्सा भाडा चलाएर तीनजनाको परिवार पाल्दै आएकी गोमा शर्माको विहानभरीको समय छोराछोरीलाई स्कुलका लागि तयार गर्दा वित्छ । साना छोराछोरीलाई विद्यालय पुराएपछि शुरु हुन्छ–उनको दैनिकी अटो रिक्सा चलाउने काम । सडकमा सवारी पर्खेर उनीहरुको गन्तव्यसम्म सुरक्षित र भरपर्दो रुपले पु¥याउन पाउँदा उनलाई खुशी लाग्छ, साथै आयआर्जन पनि । आफै आत्मनिर्भर बन्नका लागि विभिन्न कम्पनीहरुमा लामो समयसम्म कामदारको जीवन विताएकी गोमा अहिले आफै स्वरोजगार बन्नुपर्छ भनेर रिक्सा भाडामा लिएर चलाउँन थालेकी हुन् । शिवगढी अटो रिक्सा व्यवसायको रिक्सा भाडामा चलाउदै आएकी शर्माको दैनिक रिक्सा भाडा खर्च कटाएर बचेको पैसाले २ छोराछोरीको खानपान र पढाई खर्च कटाएर बच्ने रकम संकलन गरी पछि आफ्नै रिक्सा किन्ने लक्ष्य छ ।शुरुका दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि रिक्सा चलाउछन् र ? भन्ने प्रश्न र समाजका केहि नमिठा शब्दले उनलाई घोचेको थियो । तर, मनमा अदम्य सहास ,आत्म निर्भर बन्ने चाहाना र पारीवारिक परिस्थितीका अगाडी ति बचनहरुले घाउ बनाउन नसकेको र धेरै हिम्मत जुटेको हँसिलो मुद्रामा गोमा बताउँछिन् ।महिलाले सजिलो र सरल काम मात्रै रोज्ने हुदाँ अहिले महिलाहरु घर भित्रै खुम्चनु परेको उनको बुझाई छ । दैनिक अटो रिक्सा चलाउँदा मानिसहरुलाई उनीहरुको गन्तव्यसम्म पु¥याउँदा कतिले कामको प्रशंसा गरेको र कतिले हेय दृष्टिले हेर्ने गरेको उनको अनुभव छ । त्यसो त परिवरको सहयोग उनले पर्याप्त पाउन सकेकी छैनन । ‘अटो रिक्सा चार्ज गर्न सम्म दिदैनन् अरुकै घरमा पैसा तिरेर चार्ज गर्ने गरेकी छु’ उनले भनिन् ।शिवराज नगरपालिका १ शिवपुर बस्ने गोमाको श्रीमान भने भारतमा छन् । भारतमा कामकै शिलशिलामा श्रीमानले दोस्रो विवाह गरेपछि विचल्लीमा परेकी गोमा छोराछोरी लिएर नेपाल फर्किन । र, अहिले शिवपुरमै रहेको आफ्ना श्रीमानको घरमा बसेकी छिन् । श्रीमानले गरेको व्यवहारले यो पेशा रोज्नु परेको उनको भनाई छ ।
१२ कक्षा सम्मको अध्ययन गरेकी गोमाको विवाह १० बर्ष पहिले भएको हो । विवाह भएकै बर्ष उनी श्रीमानसंग भारततर्फ लागिन् । विहे पछिका दिनहरु पहिले राम्रै रहेपनि पछि श्रीमानको व्यवहारमा परिर्वतन हुर्दै गयो । ‘दैनिक मदिरा सेवन गरी अनाहकमा झगडा गर्ने र कुट्ने समेत गर्न थाले ।’ भन्छिन् – ‘श्रीमानको दुव्र्यवहार सहन नसकी २०७३ बैशाखमा माइती घर पर्वत आए । नेपाल आएपछि उनलाई श्रीमानले पछि फेरी बोलाएनन् ।धेरै हण्डर र सास्ती खेपेपछि आफैले केहि काम गर्नै पर्ने भयो भनने सोचेर अरु काम छाडेर रिक्सा चलाउन थालेको उनले बताईन । ‘अहिले आफु खुसी काम गर्छु छोराछोरीलाई पनि समय दिन सकेकी छु कमाइ पनि राम्रै छ म सन्तुष्ट छु ’ संघसंस्था अधिकार कर्मीहरुको बारेमा सुनेको भएपनि अहिलेसम्म कोही खोजखबर गर्न नआएको उनले बताईन ।
‘महिलाहरुले स्वरोजगार मुलक काम गर्न खोजे विभिन्न संघसंस्थाले सहयोग गर्छ भन्ने सुनेकी छु तर अहिले सम्म मलाई सहयोग गर्न त के सोध्न पनि कोहि आएको छैन । नेपाल सरकारले पनि विभिन्न किसिमका स्वरोजगार कार्यक्रम ल्याए पनि हामीजस्ता महिलाहरुलाई हौसला दिने र सहयोग पु¥यान सकेको छैन ,कहि कतैबाट सहयोग पाए आफै अटो रिक्सा किनेर चलाउने साँेचमा छु तर म एक्ली महिला संघसंस्थामा सहयोग माग्न जाउँकी भाडाको रिक्सा चलाउन जाँउ ?’
श्रीमानले अर्को विहे गरेपनि श्रीमान आए परिवारसंगै मिलेर बस्ने सोच छ उनको । भन्छिन –‘नगर्नु गल्ती भर्ईहाल्यो अब घरमा मिलेर बस्नुनै राम्रो हुन्छ ।’स्रोत : रातो पाटि

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses