गर्भनिरोधक चक्कीबारे विवाहअघि जान्नैपर्ने कुरा

कतिले भर्खरै दाम्पत्य जीवन सुरु गरेका छन् । दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने वा सफल बनाउने भन्ने कुरामा त ख्याल गरेकै हुन्छन् । तर, बिवाहअघि यौन जीवन वा सुरक्षित यौनको बारेमा पनि जान्नु आवश्यक हुन्छ ।अक्सर दम्पती बिवाह लगत्तै नै ‘फेमेली प्लान’ गर्छन्, अर्थात बालबच्चा कति जन्माउने, कहिले जन्माउने भन्ने कुराको तय गर्छन् । त्यसैले यसबेला गर्भनिरोधकको बारेमा पनि जानकारी लिनुपर्छ । किनभने गर्भ रोक्नका लागि अनेकन विधी छन् । त्यसमध्ये कुने पूर्ण सुरक्षित मानिन्छ भने कुनै असुरक्षित पनि ।त्यसो त गर्भ निरोधका लागि कन्डोम निकै राम्रो बिकल्प मानिन्छ । यसले महिलाको शरीरमा हर्मोनल परिवर्तन पनि ल्याउँदैन । तर, यो पूर्ण सुरक्षित भने हुँदैन । कहिले कहि कन्डोम फुट्ने भय रहन्छ ।
सावधानी
गर्भ निरोधक चक्की महिलाले चिकित्सकको परामर्श बिना नै सेवन गर्न पनि सक्छन् । तर, यसमा उल्लेख गरिएको विधी भने अनुसरण गर्नुपर्ने हुन्छ ।यदि कुनै महिला मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता समस्यले ग्रसित छन् भने उनीहरुले आफुखुसी गर्भ निरोधक चक्की सेवन गर्नु हुन्न । त्यसका लागि चिकित्सकको परामर्श आवश्यक हुन्छ ।
कम्बिनेसन चक्की
गर्भ रोक्नका लागि धेरैजसो महिला कम्बिनेसन चक्की लिने गर्छन् । यसमा एस्ट्रोजन र प्रोजेस्टेरन हुन्छ, जो फिमेल हर्मोन हो ।
मिनी पिल्स
मिनी पिल्समा केवल प्राजेस्टेरन हर्मोन हुन्छ । यसलाई  प्रोजेस्टेरन पिल्स पनि भनिन्छ । यसको २८ चक्कीको एउटा प्याक हुन्छ, जसमा २१ दिनको चक्कीमा प्रोजेस्टेरन हर्मोन हुन्छ र बाँकी ७ चक्कीमा कुनै हर्मोन हुँदैन । अहिले त्यो अन्तिम ७ चक्कीमा आइरन हुन्छ, ताकि शरीरमा यसको कमी हुन नपाओस् ।
इमर्जेन्सी पिल्स
अनिच्छित गर्भ रहन गएमा यो चक्की प्रयोग गर्न सकिन्छ । यद्यपी यसको प्रभावकारीता लामो समय हुँदैन । यौन सम्र्क गरेको केवल ७२ घण्टाभित्र यो चक्की सेवन गरिसक्नुपर्छ ।
के तपाई गर्भ निरोधक चक्कीको प्रयोग गर्नुहुन्छ ? सावधान हुनुहोस् यसको फाइदा संगै बेफाइदा पनि हुने गर्छ तलको लिंकमा क्लिक गरि जन्नुहोस कन साबधान अपनाउन जर्रुरी छ त ?
<<गर्भ निरोधक चक्कीको प्रयोग गर्नुहुन्छ ? सावधान हुनुहोस्>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses