प्रधानमन्त्रीज्यू, कहिले बन्छ नयाँ नेपाल ?

चौध वर्षको उमेर छँदा काँधमा बन्दुक भिरेको फोटो दुई ठूला अखबारको बाहिरी पृष्ठमा छापिँदा उनी कम्ति हौसिएका थिएनन् । ‘दुश्मनलाई सिध्याएर’ नयाँ नेपाल बनाइछाड्ने उनको अठोट अझै दृढ भएको थियो । तर, अहिले समयले कोल्टे फेरिसकेको छ ।  ती बाल छापामार थिए, अछाम रामारोशनका कमानसिंह साउद (क.जोशिला) । उपनाम जस्तै उनी जोशै जोशले भरिएका थिए ।पार्टीले दिएको निर्देशन पालना गर्दै सानो उमेरमा ठूला लडाईमा सामेल भए । बेनी, पाल्पा, बुटवल, कपिलवस्तु, रुकुम, पाण्डुसेन लगायत थुप्रै ठाउँका लडाईमा लड्दा उनको ज्यान धन्न जोगियो । उमेर र अनुभव वढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै गयो । प्लाटुन भिसीसम्म भए ।तर विगतमा शोषक र सामन्ती भनेर ‘कारवाही’ गरिएका पात्रहरु नै पछि स-सम्मान पार्टीमा भित्रिन थालेपछि साउदमा निराशा बढ्यो । सांगठनिक असन्तुष्टि पनि चुलिँदै गएपछि अन्ततः उनी निस्कृय बनिदिए ।जनयुद्ध लडेको दल शान्ति प्रक्रियापछि सत्तामा पुग्यो । आफ्नै पार्टीको सरकार आएपछि साउद आफ्नो शरीरमा लागेका गोलीका छर्राका दाग देखाउँदै धेरैपटक काठमाडौं धाए । पार्टी नेताहरुको दैलो चहारे । तर, केही हात लागेन ।क्रान्तिको सपना देखेर जीवनमरणको लडाईमा होमिएका यी पूर्वछापामार अन्ततः म्यानपाावरलाई एक लाख ६० हजार रुपैयाँ वुझाएर मलेसियाको एक कम्पनीमा सेक्युरिटी गर्न आइपुगे । तलव पनि ठीक टाइममा नआउने कम्पनीमा उनले दैनिक १२ घण्टा विताउन थाले ।करीव दुई वर्ष जसोतसो विताए । तर उनले सोचेजस्तो भएन । उनी त्यसै पनि रोगी थिए । बिस्तारै शरीरमा लागेका गोलीका छर्राहरु चिलाउन थाले । हुँदा-हुँदा शरीर नै सुकेर जान थाल्यो । कम्पनीले दिने मासिक पचास रिंगेट उपचार गर्दैमा सकिन्थ्यो, तर पनि रोग झन् बल्झँदै गयो ।आफूलाई नेपाल फिर्ता झिकाउनको लागि उनले वारम्वार म्यानपावरलाई फोन गरिरहे, तर म्यानपावरले सुनेन । अन्ततः साउदले कम्पनी छाडिदिए । साथीभाइसँग चन्दा सकंलन गरेर नेपाल पुगे ।यतिबेला फेरि पनि उनी सिंहदरबार धाउँदैछन् । विगतमा आफूले सुरक्षा दिएका पुराना नेताहरुलाई भेट्दैछन् । सकभर प्रधानमन्त्रीलाई नै भेट्ने चाहना छ उनको तर पूरा भएको छैन ।उनका आँखामा अहिले आँशु छचल्किएको देख्न सकिन्छ । भावुक बन्दै भन्छन्, ‘राज्य बदल्न भनेर बन्दुक वोकाइएका मजस्ता हजाराैं  युवाहरु खाडीमा हाड घोटिरहेका छन् । नेताहरु सत्ताको सिरक ओढेर आरामले निदाइरहेका छन् । के यही हो नयाँ नेपाल ?’स्रोत : अनलाइन खबर

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses