युवतीको सहयोगमा व्यापारी अपहरण

धादिङबाट काठमाडौं छिरेकी राधिका श्रेष्ठको डेरा कालिमाटीमा थियो । जिन्दगीलाई प्रगतिको शिखरमा लैजाने अठोट लिएर काठमाडौं आएकी राधिकाले लामै संघर्षपछि मख्खन गल्लीस्थित ‘न्यु डालिज साडी एण्ड साडी सन्सार’ मा जागिर पाइन् ।जागिर खान कालीमाटी हुँदै मख्खन गल्ली जाने बाटोमा एउटा मोवाइल रिपेयरिङ पसल थियो । एकदिन बिग्रेको मोवाईल बनाउने क्रममा त्यो पसलमा छिरेकी राधिकालाई के थाहा मोवाइल पसले सँगै माया बस्ने कुरा !करीब तीन बर्षअघि आफ्नो मोवाईल पसलमा आएकी राधिका र प्रकाश लामिछानेको आँखा जुध्यो । अन्ततः पहिलो हेराई प्रेम बिजको रुपमा अंकुराउन थाल्यो । यसरी दुई बर्षअघि देखि प्रेमको अंगालेमा बाँधेका मोवाईल पसले प्रकाश लामिछानेले तिनै राधिकालाई प्रयोग गरेर ब्यापारी अपहरणको योजना बनाए ।प्रकाशले अपहरणको निशाना यस्तो ब्यपारीमाथि लगाए, जो राधिकाकै साहुजी थिए, श्याम सुन्दर अग्रवाल । राधिका श्याम सुन्दर अग्रवालकै स्टाफ थिइन, ‘न्यु डालिज साडी एण्ड साडी सन्सार’ उनको ‘अफिस’ थियो ।कुरा गएको फागुन ५ गतेको हो । दिउँसो १ बजेतिर प्रकाशको योजना अनुसार राधिकाले आफ्ना साहुजीलाई टेलिफोन गरेर ‘अर्जेन्ट काम छ’ भन्दै सुन्धारा स्थित सन साईन होटलको ४०४ नम्बर कोठामा बोलाईन् । आफ्नै स्टाफले टेलिफोन गरेपछि श्याम सुन्दर सन् साइन होटल खोज्दै पुगे ।
होटलको कोठामा पुगेका साहुजीलाई राधिकाले सँगै रक्सी पिउने अफर गरिन् । रक्सीको केही चुस्की लिनासाथ राधिका र श्यामसुन्दर बसेको कोठामा प्रकाश लामीछाने, सरोज घोरासैने र किशोर गिरी प्रवेश गरे । ती मध्येका प्रकाश लामिछाने राधिकाको प्रेमी थिए ।तीन जना युवाहरुले श्याम सुन्दरलाई कुटपिट गरे, हातखुट्टा बाँधेर मुखमा टेप लगाएर १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर सोही कोठामा बन्धक बनाएर भागे ।‘श्याम सुन्दर अग्रवाललाई हामीले सोही साँझ सकुसल उद्धार गरेका थियौं’ महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘अपहरणको योजना सफल भएपछि राधिका श्रेष्ठको हत्या गर्ने दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’प्रकाश सहितका युवाहरुले अपहरणको योजना सफल भएपछि भक्तपुर स्थित बागेश्वरी–४ मा लगेर तिनै राधिका श्रेष्ठको विभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।प्रेमीकै घरमा राधिकाको मृत्युअग्रवाललाई अपहरण गरेर फिरौती लिएपछि प्रकाश र राधिका सहितको टोली बसन्तपुर पुगेका थिए । बसन्तपुरमा उनीहरुले अपहरण बापत आएको पैसा बाँडचुँड गरे । घट्नाको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक (डिएसपी) अजय केसीका अनुसार सरोज घोरासैने र किशोर गिरी दुई–दुई लाख लिएर भक्तपुर तिर लागे । बाँकी पैसा राधिका र प्रकाशले राखेका थिए ।साँझ सात बजेतिर प्रकाश र राधिका मोवाईल पसल बन्द गरेर ट्याक्सी लिएर भक्तपुर बागेश्वरी–४ स्थित प्रकाशको घरमा पुगे । केही बेरमा किशोर र सरोज पनि ट्याक्सी चढेर प्रकाशकै घरमा पुगे ।त्यहि साँझ उनिहरुले राधिकालाई मारेको खुल्न आएको छ’ डिएसपी केसीले भने, ‘अपहरणको पोल खुल्ने डरले राधिकाको हत्या गरेको देखिन्छ ।’प्रहरी नियन्त्रणमा रहेका किशोर गिरीले दिएको बयान अनुसार ब्यापारी अपहरणको पोल खुल्ने डरले आफ्नै प्रेमीकाको हत्या योजना बनाएका थिए । आफ्नै प्रेमिका भएपनि श्याम सुन्दर अग्रवालको स्टाफ समेत भएकाले राधिकामाथि प्रकाशले शंका गरेको पाइएको छ ।
लामो प्रयासपछि प्रहरीले अपहरण पछि हत्यामा संलग्न सरोज घोरासैने र किशोर गिरीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । प्रकाश लामिछाने फरार रहेको र उनको खोजि कार्य जारी रहेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए ।राधिकाको हत्याको लागि प्रकाशले जैशिदेवलबाट डोरी र कार्टुन टेप खरिद गरेर लगेका थिए । डोरीले हातखुट्टा बाँधेर, मुखमा कार्टुन टेप लगाएर घाँटी थिची राधिकालाई मारेपछि उनीहरुले राधिकाको शवलाई प्लाष्टिकको बोरामा प्याक गरेर घर नजिकै मुहानपोखरीमा खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मुहनापोखरी प्रकाशको घरबाट करिब २ सय मिटर मात्र टाढा छ ।स्रोत : रातो पाटि

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses