काठमाडौंमा झडप: नेता,कलाका,कार्यकर्ता र प्रहरी पनि ढले,एकै छिनमा भयो रणभूमि
निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपपछि उपप्रधानमन्त्री समेत रहेका कमल थापा आफैं धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन् ।पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो । त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने योजना थियो ।तर, भिड प्रहरीलाई धकेन्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।झडपका कारण कान्तिपथ क्षेत्र केहीबेर तनावग्रस्त बन्यो । राप्रपाका नेता कार्यकर्ताले टायर बाल्दै सडकमै बसेर नाराबाजी समेत गरेका थिए ।धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयंम सहभागी भएका थिए । धर्नापछि राप्रपा नेताहरुले आयोगमा ज्ञापन पत्र बुझाएका छन्, जसमा आयोगको निर्णय संविधान विपरित भएको भन्दै सच्याउन माग गरिएको छ ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<काठमाडौंमा झडप: नेता,कलाका,कार्यकर्ता र प्रहरी पनि ढले,एकै छिनमा भयो रणभूमि>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
0 comments
Write Down Your Responses