सन्तान सुख नहुँदैमा हामी अप्राकृतिक ?
‘सरकारले तेस्रोलिंगी, समलिंगीलाई धन्यवाद दिनुपर्छ,’ तेस्रोलिंगी भूमिका श्रेष्ठले दाबी गरिन्, ‘हामीले नेपालको जनसंख्या नियन्त्रणमा सहयोग पुर्याएका छौं ।’
महिला र पुरुषबीच बिहे हुन्छ । पुरातन मान्यता हो । बिहेपछि बालबच्चा जन्मन्छ । तेस्रोलिंगीबाट त्यो सम्भव छैन । ‘सन्तान सुख नहुँदैमा हामी अप्राकृतिक ?’ लिंगीय अल्पमतमा रहेकाको पक्षमा आवाज बुलन्द बनाउँदै आएकी श्रेष्ठले सोधिन्, ‘सन्तानसुख हुँदैमा प्राकृतिक हुने भए सरकारले कन्डम प्रमोसन किन गर्नुपर्यो । मुलुकको कुल जनसंख्यामध्ये महिला र पुरुष बहुसंख्यक छन् । तेस्रोलिंगी, समलिंगी कम छन् । बहुसंख्यक तेस्रोलिंगी, समलिंगी र महिला र पुरुष अल्पसंख्यक भए उनीहरू अप्राकृतिक हुन्थे होलान् । खै त हामीलाई बुझेको ?’
समस्याविनाको मानिस परिकल्पना गर्नसमेत सकिँदैन । मानिस समस्यै समस्याले जेलिएका छन् । त्यसबाट तेस्रोलिंगी अछुतो छैन । भन्नेले जे/जे भने पनि विश्व स्वास्थ्य संगठनले १९९० मे १९ मा तेस्रोलिंगीलाई अप्राकृतिक र रोगी होइनन् भनेको छ । सर्वोच्च अदालतले तेस्रोलिंगी पनि प्राकृतिक हुन् भनेर फैसला गरिसकेको छ । र पनि, तेस्रोलिंगीलाई नेपाली समाजमा हेयको दृष्टिले हेरिन्छ ।
नीलहिरा समाज (तेस्रोलिंगी, समलिंगी र अन्तरलिंगीका संस्था) सँग जोडिँदासमेत नैकापनिवासी भूमिका श्रेष्ठ श्रेष्ठ लुकेरै हिँड्थिन् । भन्नेले छक्का, हिजडा, नपुंशक भन्न छाडेका थिएनन् ।
विविध कठिनाइबीच जीवन सार्थक बनाउन लागिपरेका तेस्रोलिंगीमध्ये भूमिका श्रेष्ठलाई धेरैले चिन्छन् । यौनिक अल्पसंख्यकहरूको सौदन्र्य प्रतियोगितामा मिस पिंकको ताज पहिरिँदा होस् वा कांग्रेसको १२औं महाधिवेशन प्रतिनिधि बन्दा या समानुपाति सभासद्का लागि नाम सिफारिस हुँदा उनी चर्चामा रहिन् । केही समयअघि पोखरामा सम्पन्न तरुण दलको अधिवेशनमा केन्द्रीय सदस्यका दाबी गर्दा उनी सञ्चारमाध्यमा छाइन् ।
नीलहिरा समाज (तेस्रोलिंगी, समलिंगी र अन्तरलिंगीका संस्था) सँग जोडिँदासमेत नैकापनिवासी भूमिका श्रेष्ठ श्रेष्ठ लुकेरै हिँड्थिन् । भन्नेले छक्का, हिजडा, नपुंशक भन्न छाडेका थिएनन् । आफ्नोबारेमा आफैंलाई थाहा नभएको उनलाई छक्का, हिजडा, नपुंशकको शाब्दिक अर्थ थाहा थिएन । संस्थासँग जोडिएपछि धेरै कुरा सिकिन्, बुझिन् । आफूजस्तै साथी भेट्टाइन् । भूमिका जति चर्चामा छिन्, तेस्रोलिंगीको समस्या बाहिर आएको छैन । प्रस्तुत आलेखमा तेस्रोलिंगीको समस्याबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
सात पास गरेकी उनलाई आठ कक्षा पुगेपछि शौचालय जान समस्या भयो । पुरुष शौचालय जान अप्ठ्यारो लाग्न थाल्यो । महिलाको शौचालय जाउँ खिसिट्युरी गर्ने डर । पुरुषकोमा जान अप्ठ्यारो लागे पनि उनले महिला शौचालय प्रयोग गर्न सकिनन् । दुवै शौचालय जान अप्ठ्यारो लागेपछि ‘टिफिन टाइम’ मा आफ्नै घरको शौचालय पुग्थिन् ।
समस्या नम्बर १
सात पास गरेकी उनलाई आठ कक्षा पुगेपछि शौचालय जान समस्या भयो । पुरुष शौचालय जान अप्ठ्यारो लाग्न थाल्यो । महिलाको शौचालय जाउँ खिसिट्युरी गर्ने डर । पुरुषकोमा जान अप्ठ्यारो लागे पनि उनले महिला शौचालय प्रयोग गर्न सकिनन् । दुवै शौचालय जान अप्ठ्यारो लागेपछि ‘टिफिन टाइम’ मा आफ्नै घरको शौचालय पुग्थिन् ।
विविध समस्यासँग सिंगौरी खेल्दै उनले नौ कक्षा पास गरिन् । १० कक्षा पुगेपछि शिक्षक/शिक्षिका र विद्यार्थीले केटा भए पनि उनले देखाउने केटीको व्यवहार स्वीकारेनन् । तँलाई केटीजस्तो बन्न, मेकअप गर्न आउने सोधेको प्रश्नको जवाफ दिन नआउने भनेर शिक्षिकाले झपार्थिन् ।
शिक्षकले समेत व्यवहार परिवर्तन गर भनेको भन्यै । पुरुष भएर पुरुषकै व्यवहार गरेनौ भने विद्यालय आउन नदिने संकेत गर्थे । तेस्रोलिंगी भूमिका श्रेष्ठले आफूले भोगेको विगत सुनाइन्, ‘सबैबाट दुव्र्यवहार भएपछि विद्यालय जानै छाडें ।’
समस्या नम्बर २
शारीरिकभन्दा मानसिक यातना पीडादायी हुन्छ । देख्नेले उनी घरबाट निस्कँदासमेत हाँसिदिन्थे । जिस्क्याउँथे । छक्का, हिँजडा, नपुंशक भन्थे । त्यसो भएपछि घरबाहिर निस्कन डर लाग्थ्यो । भनिन्, ‘निस्किहाल्दा ममी वा साथीसँग मात्रै । त्यतिबेला एक्लै निस्कने आँट गर्नै सक्थिनँ ।’
यतिसम्म कि उनलाई देख्नेले प्याट्टप्याट्ट पिटेर हिँड्थे । उनको घरबाट चोक पुग्न पाँच मिनेट लाग्थ्यो । छोटो बाटो प्रयोग गर्दा अरूले दुव्र्यवहार गर्ने भएकाले घुमाउरो बाटो प्रयोग गर्थिन् । छिमेकीले मात्रै होइन, आफूलाई देख्नेले नजिस्क्याऊन्, नहाँसून् भनेर उनी पाँच मिनेटमै पुगिने चोक आधा घन्टा लगाएर घुमाउरो बाटो हिँड्थिन् । घरबाट निस्किहाल्दा साँझपखमात्रै । अधिकांश समय घरमै बस्ने उनले विद्यालय छाडेपछि पनि त्यस्तो समस्या भोग्न बाध्य भइन् ।
तेस्रोलिंगी भूमिका श्रेष्ठको नागरिकता संघर्ष जारी छ । श्रेष्ठले अहिलेसम्म दुईपटक नागरिकता लिइसकेकी छन् । पहिलोपटक लिएको नागरिकतामा कैलाश श्रेष्ठ उल्लेख भए पनि लिंग उल्लेख थिएन ।
समस्या नम्बर ३
तेस्रोलिंगी भूमिका श्रेष्ठको नागरिकता संघर्ष जारी छ । श्रेष्ठले अहिलेसम्म दुईपटक नागरिकता लिइसकेकी छन् । पहिलोपटक लिएको नागरिकतामा कैलाश श्रेष्ठ उल्लेख भए पनि लिंग उल्लेख थिएन ।
उनलाई नागरिकताले दिनसम्म दुःख दियो । कैलाश श्रेष्ठकै नामबाट जारी सवारी अनुमतिपत्र (लाइसेन्स) देखाएपछि ट्राफिकलाई सम्झाइबुझाइ गर्न कम्ती गाह्रो थिएन । नबुझेपछि झगडा पथ्र्यो भने कतिपय ट्राफिकले तेस्रोलिंगीबारे नबुझ्दा लाइसेन्स लिन्थे । लाइसेन्सका लागि ट्रायल दिँदा जिस्क्याउने, अन्टसन्ट भन्नेको कमी थिएन । उनीहरूले त्यसो भन्दा उनले काठमाडौंबाट लाइसेन्स लिन सकिनन् । महिलाको भेषमा देखेका ट्राफिकले पुरुषको लाइसेन्स देख्दा अनावश्यक दुःख दिन्थे । पछिल्लोपटक लाइसेन्स नवीकरण गर्दा नाम कैलाश श्रेष्ठ उल्लेख भए पनि उनको पछिल्लो रूपरंग अर्थात् महिलाको फोटो राखेपछि समस्या झेल्नुपरेको छैन । उनले प्रस्ट्याइन्, ‘पछिल्लो समय मैले त्यस्तो समस्या भोग्न नपरे पनि तेस्रोलिंगीले लाइसेन्स पाउनै गाह्रो छ । पाइहाले पनि ट्राफिकले दुःख दिन छाडेको छैन । कतिपयले विनालाइसेन्स सवारीसाधन गुडाइरहेका छन् ।’
दोस्रोपटक कैलाश श्रेष्ठकै नामबाट नागरिकता जारी भए पनि लिंगमा ‘अन्य’ उल्लेख छ । दोस्रोपटक नागरिकता लिँदा उनले पुरुषकै भेषधारण गर्नुपरेको थियो । नागरिकता दिन राजी भएका अधिकारीले नाकको फुली फुकाल्न लगाए । ढाकाटोपी लगाएर फोटो खिच्नुस् भन्दा नाइँ भन्ने कुरै भएन । उनलाई ‘अन्य’ उल्लेख भएको नागरिकता लिनु नै थियो ।
तर, उनी भूमिका श्रेष्ठबाटै नागरिकता लिन चाहन्छिन् । महिना दिनअघि सर्वोच्च अदालतले तेस्रोलिंगीको नामअनुसार नागरिकता देऊ भनेको छ । उनी आफ्नै नामबाट नागरिकता लिने पर्खाइमा छिन् ।
समस्या नम्बर ४
तेस्रोलिंगीले काठमाडौंमा कोठा पाउन गाह्रो छ । तेस्रोलिंगी भनेपछि अप्राकृतिक भनेर बुझेका छन् । राम्रो दृष्टिले हेरिँदैन । कोठा पाइहाले पनि तीन हजार रुपैयाँमा पाइने त्यही एउटा कोठालाई १० हजार भनिन्छ ।
पाँच हजारमा बसिरहेका तेस्रोलिंगीलाई गोरखा भूकम्पपछि त्यही कोठाको भाडा दोब्बर बढाइएको थियो । छाडेर गए अर्को कोठा पाउन गाह्रो भएपछि तोकिएको भाडा नतिरी सुख छैन । त्यतिमात्रै होइन, महिना पुग्नसाथ भाडा बुझाए पनि घरभेटीले बसिरहेको कोठा जबरजस्ती छाड्न लगाउँछन् । भूमिकाले दुःख व्यक्त गरिन्, ‘म आफ्नै घरमा बस्दै आएकीले त्यस्तो समस्या भोग्न परेको छैन । तर, तेस्रोलिंगीले हिजोआजसमेत यस्तो समस्याबाट गुज्रन परेको छ । कतिपय अवस्थामा पुलिस केससमेत हुने गरेको छ ।’
समस्या नम्बर ५
पछिल्लो समय तेस्रोलिंगी र समलिंगीबारे नेपाली समाज अनभिज्ञ छैन । तर पनि, तेस्रोलिंगी र समलिंगी समस्याको पहाड बनेका छन् । घरपरिवारलाई थाहा हुँदाहुँदै पनि जबरजस्ती बिहे गरिदिने गरेका छन् । त्यसले स्थायित्व पाउँदैन । जबरजस्ती बिहे गरिदिएपछि तेस्रोलिंगीले ‘डिभोर्स’ त हुने नै भयो उनीरूले आत्महत्यासमेत गर्ने गर्छन् । कतिपयले अनाहक ज्यान गुमाउनुपरेको छ ।
तेस्रोलिंगी र समलिंगीले बिहे गर्न पाउने अधिकारबारे कानुनले बोलेको छैन । त्यो पनि त जटिल समस्या हो । तेस्रोलिंगी र समलिंगीले गुपचुमै बिहे गर्ने नभएका होइनन् । गुपचुपमा बिहे गर्नु पनि त समस्या हो ।
‘कोही केटा मसँग रिलेसनसिपमा भए पनि म बुहारी बनेर उसको घर भित्रिन सक्दिनँ,’ भूमिकाले आफ्नो समुदायको समस्याबारे जानकारी गराइन्, ‘बाहिरै लुकेर बस्नुपर्छ ।
समस्या नम्बर ६
‘कोही केटा मसँग रिलेसनसिपमा भए पनि म बुहारी बनेर उसको घर भित्रिन सक्दिनँ,’ भूमिकाले आफ्नो समुदायको समस्याबारे जानकारी गराइन्, ‘बाहिरै लुकेर बस्नुपर्छ । कसैलाई थाहा पाउलान् भनेर डरसरि बाँच्नुपर्छ । हामीबाट सन्तानसुख सम्भव छैन । हामीसँग बिहे गर्नेले पनि छक्कासँग लागेको भनेर दुव्र्यवहार भोग्नुपर्छ ।’ अन्त्यमा तेस्रोलिंगी एक्लै बाँच्नुपर्छ । उसको आफ्नो भन्ने कोही हुँदैनन् ।
समस्या ७
काठमाडौं उपत्यकाबाहिरका तेस्रोलिंगी समस्या झन् चर्को छ । उनीहरू काठमाडौंमा सजिलै बस्न सक्छन् । तर, घर फर्कंदा पुरुष भएरै जानुपर्ने बाध्यता छ । उनीहरूको वास्तविकता नबुझिदिँदा घरकाले नै उनीहरूलाई घरबाट निकालिदिने गरेका छन् ।
समस्या ८
तेस्रोलिंगीलाई रोजगारीको समस्या छ । काम पाइहाले पनि तबल पाउँदैनन् । काम गरेबापत तबल नपाउँदा रोजगारीको अर्थ हुँदैन ।
योग्यता भएका तेस्रोलिंगीले सरकारी जागिरका लागि फाराम भर्न पाउँदैनथे । उनीहरूले गत वर्षदेखि मात्रै सरकारी जागिर तयारीका लागि ढोका खुलेको हो । काम पाउन गाह्रो भएपछि तेस्रोलिंगीले सीपमूलक तालिम लिएर आत्मनिर्भरको बाटो अँगालेका छन् । कतिपयले मेकअप आर्टिस्ट भएर काम थालेका छन् । कतिपयले मोडलिङ गर्दै आएका छन् । कतिपयले चलचित्रमा अभिनय गरे पनि अधिकांश समस्यामा छन् ।स्रोत : रातो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses